Aamsanchar

खानेपानी आयोजना सम्पन्न

Author Image
बुधवार, जेठ ३१, २०७४

इलाम ।

इलामको माइजोगमाई गाउँपालिका–२ स्थित गहिरी सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको रु आठ लाख ५० हजार, उपभोक्ताको एक प्रतिशत नगद र २० प्रतिशत श्रमदानमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाबाट एउटा विद्यालय र २५ घरधुरीलाई खानेपानी वितरण गरिएको जनाएको छ ।

उक्त आयोजना असार ३ गतेभित्रमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष जगत खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर