Aamsanchar

भरुवा बन्दुकसहित एकजना पक्राउ

Author Image
बुधवार, जेठ ३१, २०७४

रुकुम ।

भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्काे एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 157

प्रतिक्रिया (०)