इनरुवा।
सुनसरीको रामधुनी नगरपलिका–७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामधुनी नगरपलिका–७ का हर्कराज राई र उनकै छोरा सिवन राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनीहरूको घरबाट हरिणको छाला पुरानो एक थान, नयाँ एक थान र हरिणको आलो मासु तथा भरुवा बन्दुक एक थान र फलामको नाल दुई थान बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 123