Aamsanchar

कनकाई गट ट्यालेण्टको उपाधि एनालाई

Author Image
बिहिवार, असार १, २०७४

सुरुङ्गा।

पवित्रा आर्ट फाउण्डेसन सुरुङ्गाद्वारा आयोजित कनकाई गट ट्यालेण्ट जुनियर २०७४ को उपाधि एना राईले चुमेकी छन् ।
सो स्पर्धामा परिना चिमरिया दोस्रो, आरजु प्रसाई तेस्रो र श्रद्धामाला श्रेष्ठ चौथो भएका छन् । अन्तिम स्पर्धामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफी, प्रमाणपत्र र एन्ड्रोइड मोबाइल, द्वितीय हुनलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतीय हुनेलाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सुरुङ्गा जेसीजको सभाहलमा भएको कार्यक्रमका बीच फाउण्डेशनको स्थापना, विकास र विस्तारमा सञ्चारका माध्यमबाट पु¥याएको योगदानका लागि सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेललाई विशेष सम्मान गरिएको थियो ।
कराते, भोकल, अभिनय र नृत्य सम्बन्धी रुचिको कला प्रस्तुत गरिएको सो प्रतिष्पर्धामा २ सय ३४ मध्ये विभिन्न चरणका अडिसन पार गर्दै अन्तिम स्पर्धाका लागि १७ जना छनौट भएका थिए ।
कार्यक्रमको अन्तिम प्रतियोगितामा सहभागी आकांक्षा पौडेल, कृतिका राई, अञ्जु लिम्बू, दक्षिणा समाल मगर, आरती गौतम, अस्रफ खान, हपर्स ग्रुप, आष्मा बिशंखे, रोजिना सेनेहाङ, आर्जु राई, सुरज भट्टराई, उत्सव बानियाँ, दीपक ढुंगाना र करातेतर्फ सुरुङ्गा डोजोलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा रवीन तामाङ, दुर्गाराम निरौला, दीपक रायमाझी, पदम तामाङ, दीपा परियार र शंकर विश्वकर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा विभिन्न चरणका अडिसनका निर्णायकहरु कृष्ण तामाङ, सुनीता नेपाली, माधव भेटवाल, पवन ठटाल, रोशन गहतराज, समिर रम्तेल, सुशान्त लिम्बू, भक्त विक, सञ्जय पाण्डे र राहुल सोनीलाई सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा प्रतियोगिताका प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो ।
झापा जिल्ला नृत्य कलाकार संघका संस्थापक अध्यक्ष सुनील थापाको प्रमुख आतिथ्य, आयोजक संस्था पवित्रा आर्ट फाउण्डेशनका निर्देशक अमन गुप्ताको सभापतित्व र झापा जिल्ला नृत्य कलाकार संघका वर्तमान महासचिव राज सुब्बा लावतीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा सुनील न्यौपानेको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन अनुप भण्डारी र अमि विष्टले संयुक्त रुपमा गरेका थिए ।

Views: 132

प्रतिक्रिया (०)