Aamsanchar

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

Author Image
बिहिवार, असार १, २०७४

तेह्रथुम ।

जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका छवटै प्रमुख पदमा पुरुषमात्रै उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार चयन गरेको छ । मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेदवार नपाएपछि खाली राखेको छ ।

वडाध्यक्षमा सबै पुरुषमात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीनजना महिलालाई मात्रै उम्मेदवार बनाएको छ । केही साताअघिसम्म एमालेले पनि साना दलसँग गठबन्धन गर्ने भनिएको भए पनि जित सुनिश्चित भन्दै एमालेले एकल उम्मेदवारी घोषणा गरेको छ ।

एमालेले म्याङ्लुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्का, आठराई गाउँपालिकाको अध्यक्षमा मानबहादुर लिम्बू ,फेदाप गाउँपालिकाको अध्यक्षमा हरि चोङ्वाङ, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र छथर गाउँपालिकाको अध्यक्षमा सन्तोष तिगेलालाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर