Aamsanchar

मेची नेत्रालय गुणस्तरीय उपचार सेवा दिँदै

Author Image
शुक्रवार, असार २, २०७४

काँकरभिट्टा।

पूर्वमै अत्याधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय आँखा उपचारमा परिचय बनाएको काँकरभिट्टास्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालिले आफ्नो १०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
मेची नेत्रालयको आगामी असार १४ गते हुने १०औं वार्षिकोत्सव यही असार ११ गतेबाट शुरु गरेर साप्ताह व्यापी रुपमा मनाउने बिहीवार काँकरभिट्टामा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अस्पतालका संस्थापक अध्यक्ष शरदचन्द्र राई अनुभवी र दक्ष चिकित्सकको रुपमा चिनिएका छन् ।
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा असार ११ गते जेष्ठ नागरिकलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई पोशाक, जुत्ता–मोजा वितरण र कर्मचारीलाई सम्मान गर्ने जस्ता कार्यक्रम रहेको मेची नेत्रालयका अध्यक्ष डा. राईले जानकारी दिए । आगामी दिनमा अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने सो अवसरमा बताइयो ।
उनका अनुसार हस्पिटलमा १० देखि ६० वर्षसम्मकालाई फ्रि चेकअप, दैनिक २० जनालाई फ्रि कन्सल्टेन्ट र काँकरभिट्टाबासीलाई १० प्रतिशत छुट गरिने छ ।
डा. राईले सो अस्पतालमा ६०–७० प्रतिशत भारतीय नागरिक आउने गरेको बताए । उनले भने– ‘पूर्वमै नभएको प्रविधि हामीसँग छ, त्यसैले हाम्रो उपचारमा विश्वस्त छन् ।’
आगामी असार ११ गतेदेखि १६ गतेभित्र निम्न वर्गका ३० जना बिरामीलाई उपचार फ्रि र ५ जनालाई फ्रि सर्जरी गरिनेछ । अस्पतालका प्रशासकीय अधिकृत पुनम प्रधानले आम जनसमुदाय अहिले क्वालिटीमा विश्वास गर्ने भएको अस्पतालले गुणस्तरीय सेवा दिएको बताइन् ।
उक्त आँखा हस्पिटलमा ५० शैय्या र ६३ जना कर्मचारी रहेको बताइएको छ । पत्रकार सम्मेलनमा आगामी वर्षदेखि अस्पतालले अझ राम्रो र सर्वशुलभ सेवा दिने समेत जानकारी दिइयो । पत्रकार सहारा उपचार कोषका लागि बार्षिकोत्सवको अवसरमा ५१ हजार प्रदान गर्ने दिने डा. राईले घोषणा गरेका छन् ।
उक्त अस्पतालले हाल जेनेरल अप्थाल्मोलोजी, भेट्रियो–रेटिना क्लिनिक, ग्लौकोमा क्लिनिक, युभिया क्लिनिक, कोर्निया क्लिनिक, लो भिजन क्लिनिक, कन्ट्याक लेन्स क्लिनिक, अर्थोप्टिक क्लिनिक लगायत सेवा प्रदान गर्दै आएको छ ।

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर