Aamsanchar

सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

Author Image
शुक्रवार, असार २, २०७४

झापा।

सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ ।

सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायत पदका लागि उम्मेदवारी घोषणा गरेको हो ।

विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष कृष्णउदाश भरतले बताउनुभयो ।

यसैगरी विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं– १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष भरतले भन्नुभयो–“नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घर÷घरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर