Aamsanchar

एसईईमा झापाका विद्यालय अब्बल

Author Image
शनिवार, असार ३, २०७४

झापा।

गत बर्षबाट शुरु भएको अक्षराङ्कन पद्धति(जीपीए) अनुसारको २०७३ सालको एसईई परीक्षाको शुुक्रवार प्रकाशित नतिजामा झापाको गत बर्षको नतिजाको तुलनामा राम्रो भएको बताइएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)ले शुक्रवार प्रकाशित गरेको नतिजा अनुसार झापाका निजी तथा सामुदायिक विद्यालयको नतिजा गत बर्षभन्दा उत्कृष्ट भएको जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टले जानकारी दिए । विष्टका अनुसार अक्षराङ्कन पद्धति शुरु भएपछि विद्यार्थीले परीक्षामा राम्रो गरेको र फेल भइन्छ भन्ने डर हटेसँगै उच्च मनोबलका साथ परीक्षा दिएकोले नतिजा राम्रा भएको हो । परीक्षामा सहभागी भएका अधिकांशले विषयगत रुपमा ए प्लस ग्रेड ल्याएका छन् । जिल्लाका सामुदायिक विद्यालयको नतिजा पनि यसबर्ष सुधार भएको उपसचिव विष्टले बताए । उनले निजी विद्यालयको तुलनामा केही सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरिरहेको र सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयको नतिजा अब्बल आएको छ ।
यसैबीच झापाको बिर्तामोडस्थित इडन गार्डेन इङ्लिस स्कूलले उत्कृष्ट नतिजा निकालेको छ । विद्यालयबाट ५१ जना परीक्षामा सामेल भएका मध्ये ७ जना ए प्लस, ८ जना ए ग्रेड ल्याएको र अन्यसहित शतप्रतिशत नतिजा निकालेको विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले बताए । त्यस्तै विद्यालयले सम्भवत झापाकै उत्कृष्ट नतिजा आएको दावी समेत गरेको छ ।
त्यसैगरी बाल्मीकि एजुकेशन फाउण्डेशनबाट एक सय ४७ जना विद्यार्थी परीक्षामा सामेल भएका मध्ये ए प्लसमा ८ जना, ए ४५ जना, वी प्लस ४३ जना, वी ४१ जना र सी प्लस १० जना उत्तीर्ण भएको विद्यालयका भाइस प्रिन्सिपल विष्णु सिंघलले जानकारी दिए ।
त्यस्तै न्यूट्न्स एजुकेशन एकेडेमीले समेत शतप्रतिशत नतिजा ल्याएको छ । विद्यालयका ओभरअल इञ्चार्ज देवेन्द्र हुमागाइँका अनुसार एक सय ५६ जना सहभागी विद्यार्थी मध्ये १३ जनाले ए प्लस, ९८ जनाले ए, ३५ जनाले वी प्लस, ४० जनाले वी र १० जनाले सी प्लस ग्रेडको नतिजा ल्याएका छन् ।
त्यस्तै कञ्चनजंघा अंग्रेजी मावि बिर्तामोडबाट ६९ जना सहभागी विद्यार्थी मध्ये ४ जनाले ए प्लस, १६ जनाले ए, २६ जनाले वी प्लस, २३ जनाले वी ग्रेडमा नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल गुरुभक्त न्यौपानेले जानकारी दिए ।

त्यस्तै बुद्ध स्मृति एजुकेशन फाउण्डेशनका ४५ जना सहभागी विद्यार्थी मध्ये २ जनाले ए प्लस, ११ जनाले ए, २७ जनाले वी प्लस र वी, सी प्लस र सी ५ जनाले ग्रेडमा नतिजा ल्याएको विद्यालयका भाइस प्रिन्सिपल अर्जुन पाठकले जानकारी दिए । त्यस्तै आदर्श शिशु अंग्रेजी स्कूल एमिटी एजुकेशन फाउण्डेशन बिर्तामोडबाट परीक्षामा सामेल ४६ जना विद्यार्थीहरु मध्ये २ जना ए प्लस, १२ जना ए, १७ जना वी प्लस, १२ जना वी र ३ जना सी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल सीताराम ढकालले जानकारी दिए ।

त्यस्तै बिर्तामोड पुपिल्स स्कूल बिर्तामोडबाट प्रथमपटक एसईईमा सहभागी ९ जना परीक्षार्थी मध्ये ए प्लसमा २ जना, ए २ जना, वी प्लस ३ जना, वी १ जना, सी प्लस १ जनाले उत्तीर्ण गरेको विद्यालयका भाइस प्रिन्सिपल अमृत बस्नेतले जानकारी दिए ।
त्यस्तै दीपजन अंग्रेजी मावि डाँगीवारीबाट ३१ जना विद्यार्थी परीक्षामा सामेल भएका मध्ये ए ११ जना, वी प्लस १० जना र वी १० जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै झापाको बिर्तामोड नगरपालिकास्थित रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले यसवर्षको एसईई परीक्षामा पनि शतप्रतिशत नतिजा निकालेको छ ।
नियमिततर्फ ४७ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । ती मध्ये सात जना बी प्लस, १८ जना बी, सी प्लस १५ जना र सात जना सी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, साङ्वेद संस्कृत माविबाट एकजना बी प्लस, चार जना बी, छ जना सी प्लस र एकजना सी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले बताए ।
यता अर्जुनधारा नगरपालिकाबाट परीक्षामा सहभागी तीन वटा निजी विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३१ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक वसन्त श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ४ जना ए, ६ जना बी प्लस, ८ जना बी र १३ जना सी प्लस ग्रेडमा उत्तीर्ण भएका हुन् ।त्यसैगरी अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल अंग्रेजी विद्यालयबाट परीक्षामा सहभागी ३१ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका सहायक प्रधानाध्यापक सुदीप कटुवालले बताए ।
उनका अनुसार १ जना ए प्लस, ७ जना ए, ११ जना बी प्लस र १२ जना बी ग्रेडमा उत्तीर्ण भएका छन् । त्यस्तै अर्जुनधारा–३स्थित ब्ल्यू हेभन अंग्रेजी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका २८ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्रप्रसाद गिरीले जानकारी दिए । उनको अनुसार २ जना ए प्लस, ३ जना ए, ६ जना बी प्लस, ९ जना बी, ६ जना सी प्लस र २ जना सी ग्रेडमा उत्तीर्ण भएका छन् ।
एसईई पूरक (ग्रेडवृद्धि) साउन १९ गतेदेखि
एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
कर्यक्रम अनुसार १९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अंग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ ।
त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ ः अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

Views: 168

प्रतिक्रिया (०)