Aamsanchar

भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

Author Image
आइतवार, असार ४, २०७४

काठमाडौं :

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनल खेलमा भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो।

पाकिस्तानले ४ विकेट गुमाउँदै निर्धारित ५० ओभरमा ३ सय ३८ रन बनाएपछि ३ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३०.३ ओभरमा १ सय ५८ रनमा अल आउट भयो। लण्डनको केनिङ्टन ओभल मैदानमा पाकिस्तानलाई उच्च स्कोर बनाउन फकहर जामनले १ ससय १४ रन बनाए। १ सय ६ बल खेलेका उनले १२ छक्का र ३ चौकाको मद्दतले १ सय १४ रन बनाएका थिए।

पाकिस्तानका अजहर अलीले ५९, महम्मद हाफिजले नटआउट ५७, बबर अजमले ४६ रन जोडे। त्यस्तै इमाज वासिमले नटआउट २५ र सोयब मल्लिकले १२ रन जोडे। बलिङतर्फ भारतका भुवनेश्वर कुमार,  हार्दिक पाण्डेय र केदार जादवले १/१ विकेट लिए। ३ सय १४ रनको लक्ष्य पछ्याएको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउनुबाहेक अरु कुनै ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।

४३ बल खेलेका हार्दिकले चार चौका र ६ छक्काको मद्दतले ७६ रन बनाएका थिए। भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भए भने कप्तान विराट कोहली ५, महेन्द्र सिंह धोनी ४, केदार जादव ९ रनमा आउट भए। अन्य व्याट्सम्यानहरुमा युवराज सिंहले २२,  शिखर धवनले २१, रवीन्द्र जडेजाले १५ रन जोडे।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर