Aamsanchar

दलित समुदायका लागि निःशुल्क मिटर

Author Image
सोमवार, असार ५, २०७४

इलाम ।

आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार दलित समुदायले आर्थिक समस्याले वा अन्य विभिन्न कारणले विद्युत् मिटर लिनबाट वञ्चित भएकाले निःशुल्क मिटर कार्यक्रम ल्याइएको हो । “मिटर जडान गर्ने इच्छा भएर पनि मिटर राख्न नसकेकाका लागि यो कार्यक्रम राखिएको हो,” प्राधिकरण प्रमुख सिग्देलले रासससँग भन्नुभयो ।

सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ ।

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो । त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

कार्यालयका अनुसार भारतीय नाकाबन्दीले गर्दा मिटर आयात शून्य भएपछि जिल्लामा मिटर माग गर्ने ग्राहकको सङ्ख्या बढेको थियो । यस वर्ष भने मिटरको समस्या छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)