Aamsanchar

विकासको झुटो आश्वासन बाँडेको आरोप

Author Image
मङ्गलवार, असार ६, २०७४

भोजपुर।

विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् ।

भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाउनुभयो ।

भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमुख उम्मेदवार बनेका कैलाशकुमार आलेले प्रमुख पद जितेमा आफूले पाउने सेवा सुविधा सामाजिक काममा लगानी गर्ने बताउनुभयो ।

चुनावी आमसभामा भोजपुर नगरपालिकालाई सुन्दर, समुन्नत र नमुना नगर निर्माणका लागि आफू उम्मेदवार बनेको प्रष्ट पार्नुभयो ।

यता नेकपा (एमाले)का प्रमुखका उम्मेदवार गणेश श्रेष्ठ पनि अहिले चुनावी अभियानमा जुट्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का शरणकुमार राई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्न ब्यस्त देखिनुभएको छ ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर