Aamsanchar

राप्रपाका उम्मेदवारमाथि सांघातिक आक्रमण

Author Image
बुधवार, असार ७, २०७४

इटहरी ।

दोस्रो चरणअन्तर्गत् हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका–९ का वडाध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि मंगलबार राति आक्रमण भएको छ ।

इटहरी–८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा मंगलबार राति ९ः३० बजे उनीमाथि सांघातिक आक्रमण भएको हो । कालोरङको पल्सर मोटरसाइकलमा आएका तीनजनाको समूहले उनलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरी फरार भएको पीडित पोख्रेलले बताए ।

दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवं राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिए । उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Views: 167

प्रतिक्रिया (०)