Aamsanchar

नेपालले दियो अमेरिकी सेनालाई वीरता पदक

Author Image
बुधवार, असार ७, २०७४

काठमाडौ :

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालको विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनाको कदर गर्दै ‘वीरता पदक’ प्रदान गरेका गर्नुभएको छ।

उद्दारका क्रममा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा छ जना अमेरिकी सहित दुइ नेपाली सैनिक अधिकारीले ज्यान गुमाएका थिए ।

जंगि अड्डामा बुधवार भएको कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले अमेरिकी सेनाले भुकम्प पछिको उद्दारका क्रममा पुर्‍याएको योगदान स्वरुप नेपाल स्थित अमेरिकी दुतावासका सैनिक सहचारी ग्रेगोरी डी पाइप्सलाई वीरता पदक प्रदान गर्नुभएको हो ।

प्रधानसेनापति क्षेत्रीले कर्तव्य पालनाको सिलसिलामा सरकारले वीरगत प्राप्त सकलदर्जालाई प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु वितरण गर्नुभएको हो ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर