Aamsanchar

झापामा निर्वाचनको तयारी पूरा

Author Image
बिहिवार, असार ८, २०७४

झापा।

झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।  जिल्ला सुरक्षा समितिको बुधवार भएकोे बैठकमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले असार १४ गते हुने स्थानीय तहको निर्वाचन धाँधलीरहीत, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले भने– झापामा ४८ वटा निर्वाचन केन्द्र अतिसंवेदनशील, ४६ वटा संवेदनशील, ११९ वटा निर्वाचन केन्द्र सामान्य रहेका छन् ।
मानव अधिकार आयोगका प्रतिनिधि समेत सम्मिलित बैठकमा प्रमुख जिल्ला अधिकारी खत्रीले भने – कसरी संयमित ढंगले निर्वाचन गर्न सकिन्छ, सो विषयमा हामी गम्भीर छौं । पार्टी प्रतिनिधिसहित सञ्चारकर्मी र मानवअधिकार आयोगका सदस्यबीचमा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग लगायत सबै सुरक्षा संयन्त्रलाई सुरक्षा योजना अन्तर्गत परिचालन गरिएको बताए ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन समय–समयमा राजनीतिक दलका प्रमुख, पत्रकार, नागरिक समाजका अगुवा लगायत सबै पक्षसँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनबाट जनप्रतिनिधि छनौट नभइञ्जेलसम्म शान्ति सुरक्षालाई सुदृढ गर्न सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर