Aamsanchar

पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ

Author Image
बिहिवार, असार ८, २०७४

काठमाडौँ।

प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५÷३० जना युवाबाट रु दुई लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।

क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर