Aamsanchar

सुरुङ्गामा ट्राफिक सचेतना

Author Image
शनिवार, असार १०, २०७४

सुरुङ्गा।

प्यारागन एकाडेमी सुरुङ्गामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा गठन भएको प्यारागन स्टुडेन्ट काउन्सिलले सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीमा चेतना जगाउने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम अघि विद्यार्थीहरुले चेतनामूलक प्लेकार्ड बोकी सुरुङ्गा बजार परिक्रमा गरेका थिए ।सडक दुर्घनामा परी धेरै वालवालिकाहरुले अकालमै ज्यान गुमाउनु परेकाले विद्यालयकै वालवालिका त्यसको शिकार हुने हुँदा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका इञ्चार्ज गुरुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा विद्यालयका विद्यार्थीहरुले चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए । व्रिटिस काउन्सिल अन्तर्गतको इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गरिसकेको प्यारागन एकाडेमीले विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा समेत क्रियाशील बनाउने उद्देश्यका साथ योजना वनाएर अघि वढेको विद्यालयका प्रिन्सिपल डीआर सुबेदीले बताए ।
कार्यक्रममा विद्यालयकी संस्थापक चम्पा सुवेदी, सुरुङ्गा जेसीजका अध्यक्ष जबिन तिम्सिना, विद्यालयका अभिभावक लीलाप्रसाद चिमरिया लगायतले बोलेका थिए । स्टुडेन्ट काउन्सिलकी अध्यक्ष सिन्धु राईको अध्यक्षता एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा काउन्सिलका सदस्य विप्लव गौतमको स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्यद्वय समन्वय निरौला र ऋचा गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर