Aamsanchar

विद्यालयस्तरीय कराते प्रतियोगिता

Author Image
आइतवार, असार ११, २०७४

बिर्तामोड।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर प्याब्सन क्षेत्र नं. २ झापाको आयोजनामा संस्थागत विद्यालयस्तरीय सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन क्षेत्र नं. २ झापाको आयोजना तथा सितोरियो आवासीय विद्यालय कराते प्रशिक्षण समिति झापाको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा प्याब्सन क्षेत्र नं. २ अन्तर्गत १७ वटा विद्यालयको सहभागिता रहेको प्याब्सन क्षेत्र नं. २ झापाका सहसंयोजक सन्तोष सुब्बाले जानकारी दिए ।
प्रतियोगितामा टावर टेम्पल इङ्लिस स्कूल पाँच स्वर्णसहित प्रथम, कञ्चनजंघा स्कूल दुई स्वर्ण दुई कास्यसहित द्वितीय, न्यूटन्स एजुकेशन एकाडेमी एक स्वर्ण दुई रजत र दुई कास्य गरी तृतीय भएका थिए । त्यस्तै पुरुष एकल कातातर्फ टावर टेम्पलका अर्जुन न्यौपाने प्रथम, काबेली इङ्लिस बोर्डिङ स्कूलका किरण लिम्बू द्वितीय, लिटल फ्लावर्स स्कूलका आयुष प्रसाई र अबाकस स्कूलका लोसाहाङ लिम्बू तृतीय भएका थिए ।
त्यस्तै एकल काता महिलातर्फ लिटल एन्जलकी निहारिका ताम्लिङ प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेशनकी पापीया सरकार द्वितीय, निधि स्कूलकी रोजिना राजवंशी र कञ्चनजंघा स्कूलकी आयुष्मा राई तृतीय भएका थिए । २० केजी पुरुषतर्फ कञ्चनजंघा स्कूलका विराज विमली प्रथम, सुनगाभा स्कूलका नोसाङ लिम्बू द्वितीय, अबाकस स्कूलका बुद्ध चौधरी र ब्राइटर स्कूलका गणेश संग्रौला तृतीय भएका थिए ।
त्यस्तै २० केजी महिलातर्फ टावर टेम्पलकी निकी गुरुङ प्रथम, कोहेडकी रोजिना तामाङ द्वितीय, चिल्ड्रेन इन्भारोमेन्ट स्कूलकी झरना शंकर र काबेली स्कूलकी पर्सा घिमिरे तृतीय भएका थिए । त्यस्तै २५ केजी पुरुषतर्फ न्यूटन्स स्कूलका अरुण राई प्रथम, टावर टेम्पलका पुजन लिम्बू द्वितीय, कञ्चनजंघा स्कूलका सबल भट्टराई र बिर्तामोड पुपिल्स स्कूलका असन लेप्चा तृतीय भएका थिए ।
त्यस्तै २५ केजी महिलातर्फ बाल्मिकी एजुकेशन फाउण्डेशनकी राजुनानी अधिकारी प्रथम, एमिटी कलेजकी सृष्टि बुढाथोकी द्वितीय, चिल्ड्रेन इन्भारोमेन्ट स्कूलकी स्नेहा यादव र काबेली स्कूलकी एलिसा मण्डल तृतीय भएका थिए । त्यस्तै ३० केजी पुरुषतर्फ कञ्चनजंघा स्कूलका मनिष कार्की प्रथम, न्यूटन्सका अनिष उप्रेती द्वितीय, लिटल एञ्जलका पाबेल घतानी र चिल्डे«न इन्भारोमेन्ट स्कूलका अनुप दियाली तृतीय भएका थिए ।
त्यस्तै ३० केजी महिलातर्फ टावर टेम्पलकी लक्की गुरुङ प्रथम, निधी स्कूलकी शितल लिम्बू द्वितीय, लिटल फ्लावर्सकी आयुष्मा तामाङ र काबेली स्कूलकी आसिका रसाइली तृतीय भएका थिए ।
त्यस्तै ३५ केजी पुरुषतर्फ टावर टेम्पलका विशाल घिमिरे प्रथम, न्यूटन्सका विश्वास खनाल द्वितीय, बिर्तामोड पुपिल्सका आयुष कार्की र एमइटीका प्रधुम्न ढकाल तृतीय भएका थिए । त्यस्तै ३५ केजी महिलातर्फ सुनगाभा स्कूलकी अन्ना लिम्बू प्रथम, बाल्मिकीकी पापीया सरकार तृतीय, काबेलीकी स्नेहा रणपहेली र चिल्डे«न इन्भारोमेन्टकी सन्ध्या गुरुङ तृतीय भएका थिए ।
त्यस्तै ४० केजी पुरुषतर्फ टावर टेम्पलका नारायण भुजेल प्रथम, काबेलीका किरण लिम्बू द्वितीय, न्यूटन्सका विशेष दाहाल र अबाकसका विपन मगर तृतीय भएका थिए । त्यस्तै ४० केजी महिलातर्फ अबाकसकी प्रमिसा गौतम प्रथम, लिटल एञ्जलकी सेसेमा सेन्दाङ द्वितीय, बाल्मिकीकी पियाली सरकार र कोहेडकी स्मारिका काम्बाङ तृतीय भएका थिए ।
प्रतियोगितामा वरिष्ठ कराते प्रशिक्षक मदन उप्रेती, कालु मेचे, सौरभ प्रधान, टार्जन सुब्बा, दुर्गाराज निरौला, मिना पाठक, दिपेश निरौला लगायतले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्याब्सन झापा क्षेत्र नं. २ का सहसंयोजक सन्तोष सुब्बाको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व संयोजक हरिकृष्ण पाठकले स्वागत गरेका थिए ।
कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी उद्वव बिष्ट, प्याब्सनका केन्द्रीय सल्लाहकार हरिकुमार प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सनका सल्लाहकार विष्णु तिवारी, ज्ञानकुमार थलङ, संस्थागत विद्यालय, अभिभावक संघका केदार ढुंगाना, सिताराम ढकाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन झापा क्षेत्र नं. २ का सचिव सुरेन्द्र खरेल र प्रतियोगिताको सञ्चालन राष्ट्रिय निर्णायक एलसी श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर