Aamsanchar

इद उल फित्र पर्व मनाउँदै

Author Image
सोमवार, असार १२, २०७४

विराटनगर ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् ।

पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।

यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ ।

यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर