Aamsanchar

परीक्षणका नाममा मनोमानी शुल्क असुलेको आरोप

Author Image
शुक्रवार, असार १६, २०७४

झापा ।

झापामा सञ्चालित विभिन्न अस्पतालहरुले विरामीको उपचार गर्ने नाममा प्रयोगात्मक परीक्षण गर्ने गरेको विरामी र उनका आफन्तले आरोप लगाएका छन् ।
‘एकथोक विरामी भएर अस्पताल आयो अर्कै थरी रोग’ देखाएर अनावश्यक चेक जाँचका नाममा डाक्टरले व्रम्हलुट मच्चाएको उनीहरुको आरोप छ ।

विरामी र तिनका आफन्तले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामान्य रोगको लक्षण देखिएर र अस्पतालमा उपचारका लागि आएपनि परीक्षणका नाममा अस्पतालमा हुँदै नभएका उपकरणबाट रोग परीक्षणका लागि भन्दै बील काट्न लगाउने र अनावश्यक चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् ।

पक्रकार सम्मेलनमा बोल्दै मोरङको भौंडाहाका ३० वर्षीय जयराम सरदारले आफ्ना ससुरा ५० वर्षीय फुलेन सरदारलाई बिर्तामोडको एक अस्पतालमा भर्ना गर्दा चेकजाँचका नाममा अनेक थरी जाँच गर्न लगाएको र एक थोक रोग हुँदा हुँदै अर्कै थोक रोगको उपचार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘फर्निचरमा काम गर्ने मेरा ससुरा फुलेनको दाहिने हातको चारवटा औंला काटिएकोमा अहिले उपचारार्थ बिराटनगरको नोबेल अस्पतालबाट झापा ल्याए र जुन अस्पतालमा उपचार भइरहेको थियो त्यहाँ उपकरण नै नभएपछि नोवेलकै सल्लाहमा मैले ससुरालाई बीएण्डसीमा राखेर उपचार गर्दै छु ।’
बिर्तामोडका कनकाई, मनमोहन, बिर्तासिटी, कञ्चनजंघा अस्पतालले अनावश्यक चेकजाँचका नाममा शुःल्क लिने गरेको विरामीको आरोप छ ।
इलामको नयाँबजार घर भएका ५९ वर्षीय लीलाबहादुर निरौलालाई बिर्ता सिटी अस्पतालले नशा सुकेको भनी औषधी खान दिएको आफन्तको आरोप छ । तर, पटक – पटक अस्पताल धाउँदा पनि सुधार भएन पत्रकार सम्मेलनमा उहाँकी छोरी सिता निरौलाले भन्नुभयो । सिटी स्क्यान, एमआरआई लगायत परीक्षण गर्दा पनि रोग पत्ता नलागे पछि बिर्तामोडको बीएण्डसीमा आएर परीक्षण गराउँदा उहाँलाई ट्युमर भएको रहेछ सिताले भन्नुभयो ।
बिर्तामोडको बीएण्डसी अस्पतालमा अत्याधुनिक प्रविधिको प्रयोगमा ७२ जना दक्ष चिकित्सकले सेवा प्रदान गरिरहेकाले अहिले यहाँ बिरामीहरु रिफर भएर आउने क्रम बृद्धि भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताउनुभएको छ । उहाँले आफ्नै वरिपरीका अस्पतालहरुले यहाँको उच्च प्रविधिको उपयोग गरी बिरामीको उपचारार्थ पठाउनु पर्नेमा बिराटनगर, धरान तथा सिलगडी पठाएर बिरामी र तिनका परिवारलाई भेडाबाख्राजस्तो बिक्रीको साधन बनाएको आरोप लगाउनुभएको छ ।
पछिल्लोसमय बी एण्ड सी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर पूर्वकै रिफरल अस्पतालको रुपमा विकसित हुँदै गएको छ ।
पूर्वका अन्य निजी अस्पतालहरुभन्दा प्राविधिक तथा जनशक्तिका हिसाबले उच्च क्षमतायुक्त सो अस्पतालमा बिराटनगरको मोडल, न्यूरो अस्पताल तथा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि बिरामीहरु पठाइने गरेको पाइएको हो ।

यद्यपि बिर्तामोडकै अन्य अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीहरुलाई स्थानीय अस्पतालको सेवा सुविधाबारे पूर्ण जानकारी हुँदाहुँदै पनि धरान, बिराटनगर वा भारतको सिलगडी पठाएर बिरामीलाई थप सास्ती दिने गरेको पनि खुलेको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर