बिर्तामोड । दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको शुक्र% गणना सम्पन्न भएको छ ।
यसबाट मतगणना कति सुस्तगतिमा बढिरहेको छ भन्ने पुष्टि हुन्छ । असार १४ गते साँझ ५ बजे मतदान सम्पन्न भएको थियो । सोही रातिबाट धेरै ठाउँमा र केही ठाउँमा १५ गते विहानबाट मतगणना शुरु भएको हो । ठूलो मतपत्र, मतगणना गर्ने निर्वाचन कार्यालयका तिबाट धेरै ठाउँमा र केही ठाउँमा १५ गते विहानबाट मतगणना शुरु भएको हो । ठूलो मतपत्र, मतगणना गर्ने निर्वाचन कार्यालयका कर्मचारीको अभाव, स्थान अभाव जस्ता कारणले मतगणना सुस्त भएको पाइएको छ । निर्वाचन कार्यालयले गणक थप गरी आवश्यक स्थानको व्यवस्थापन गरेर मतगणनालाई चुस्त र छरितो नबनाउने हो भने स्थानीय तहको अन्तिम परिणाम आउन दुई साता लाग्ने देखिन्छ । कतिपय ठाउँमा दलहरुबीचको आपसी विवादले पनि समयमा मत गणना नहुँदा परिणाममा ढिलाइ भइरहेको बताइएको छ ।
झापामा दुई दिनमा १५ प्रतिशत मत गणना भएको प्रारम्भिक मत परिणामको नतिजाले देखाएको छ ।
झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा खसेको कूल मतमा १५ प्रतिशत गणना भएको हो ।
झापामा ३ लाख ७३ हजार ५ सय ३४ मत खसेको थियो । अहिले दमक बाहेक झापाका सबै स्थानीय तहमा मतगणना भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । दमकमा २१ सय मत गणना पश्चात एमाले बाहेकका दलले विरोध स्वरुप प्रदर्शनमा उत्रिएपछि मतगणना शुक्रवार दिउँसोबाट रोकेको थियो । त्यस्तै बुद्ध शान्तिमा शुक्रवार साँझदेखि विवाद शुरु भएको छ । गणना भन्दा बढी मत उम्मेदवारले पाएकोले विवाद भएको हो । यो समाचार तयार पारुञ्जेलसम्म विवाद समाधानका लागि सर्वदलीय बैठक जारी छ ।
अहिलेसम्मको मतगणना परिणाम अनुसार एमाले अग्रस्थानमा रहेको छ । एमाले झापाका ९ स्थानीय तहमा अग्रता कायम राखेको छ, त्यस्तै नेपाली काग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेस चार स्थानमा अगाडि छ, माओवादी केन्द्र र राप्रपा एक÷एक स्थानमा अगाडि छन् ।
यसैबीच निर्वाचन आयोगले दोस्रोचरण अन्तर्गत स्थानीय तह निर्वाचनको मतगणना कार्यमा उम्मेदवार वा निजका प्रतिनिधि उपस्थित नभए वा हस्ताक्षर नगरेको अवस्था पनि मतगणना कार्य अगाडि बढाउन सम्बन्धित सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रवार बसेको आयोगको बैठकले मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभएमा वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अगाडि बढाउने निर्णय गरेको हो ।
मतगणना कार्यमा उम्मेदवार उपस्थित भए पनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरुको र उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन भन्ने व्यवस्था रहेको छ ।
वडाको परिणामस“गै बिजय जुलुस
झापासहित पूर्वका जिल्लाका स्थानीय तह अन्तर्गत एउटा÷दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुन थालेसँगै विजयी उम्मेदवार र पार्टीका कार्यकर्ता बिजयोत्सव मनाइरहेका छन् । कतै प्यानल नै त कतै मिश्रित परिणाम आइरहेको छ ।
कहा“ कस्ले जीते ?
बिर्तामोडः बिर्तामोड नगरपालिका वडा नम्वर –१ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेका तर्फबाट अग्निप्रसाद पाण्डे १२७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनीसँगै महिला सदस्यमा यमुना आचार्य १२०९, दलित सदस्य कमला महरा १२०३, खुल्ला सदस्यमा टीका प्रसाद संग्रौला ११८८ र प्रेमकुमार खरेलले ११५१ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।
वाह्रदशीः बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भुसिंह राजवंशीसहित प्यानल नै विजयी भएको छ । राजवंशीले ५०० मत ल्याएर विजयी भएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए । त्यस्तै सदस्यमा लीलावती राजवंशी, सैदुल मिया, सुकोल मुर्मू र उल्फो हरिजन माझी विजयी भएका छन् । वडा नं. २मा नेकपा एमालेका यादव मिश्र, प्रेम घिमिरे, मैयुदिन मियाँ, मिनाकुमारी सेन्चयुरी र नेपाली कांग्रेसका निरमाया फुँयल विजयी भएका छन् ।
कनकाइः कनकाई नगरपालिका–१को वार्ड अध्यक्ष पदमा नेकपा (एमाले)का तर्फबाट रोशनराज पोखरेलको प्यानल नै विजयी भएको छ । पोखरेलले ८८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा गीता अधिकारी ८५४, दलित महिलातर्फ सरिमाया दर्जी ८२४, खुल्ला सदस्य देवीप्रसाद अधिकारी ७९६ र पुष्पहरि चौधरी ६७९ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।
यसैबीच कनकाई नगरपालिका वडा नं. ९ मा प्रेमप्रसाद राजवंशी वडाध्यक्ष (८४५) विजयी भएका छन् । उनका प्रतिद्वन्दी चुवालाल राजवंशी (५२१), महिला सदस्य शान्ता चुडाल (६४६), दलित महिला सदस्य मुना शिवा (६९०), खुला सदस्य राजेश आङबुहाङ (५४२), नरमान श्रेष्ठ (५७५) (श्रेष्ठ एमालेका उम्मेदवार हुन् भने अरु सबै कांग्रेसका हुन् ।)
वुद्धशान्तिः झापाको बुद्धशान्ति गाउँपालिकाको वार्ड नम्वर ७मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार मातृका पौडेल विजयी भएका छन् । पौडेलले ३०८ मत प्राप्त गर्दै विजयी भएका हुन् । बाँकी सदस्य पदमा भने एमालेका उम्मेदवारहरु विजयी भएका छन् । सदस्यहरुमा एमालेका मातृकाप्रसाद निरौला २९३, दिनेश लिम्बू २७४, महिला सदस्यमा रीतादेवी बराल ३०५ विजयी भएका छन् । दलित महिला सदस्यमा जानुकादेवी लोहार २६४ मत ल्याएर विजयी भएकी छिन् ।
भद्रपुरः झापाको पुरानो नगरपालिकाका रुपमा परिचित भद्रपुर नगरपालिका–१मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । ८२४ मत प्राप्त गर्दै एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका दशरथ प्रधान विजयी भएका हुन् ।
त्यस्तै खुल्ला सदस्यमा ८१८ मत प्राप्त गर्दै कौशिला अधिकारी विजयी भएकी छिन् । महिला सदस्यमा ८६६ मत प्राप्त गर्दै गंगामाया दास र खुल्ला सदस्यमा ८३३ मत प्राप्त गर्दै देवी गुरुङ तथा ८१३ मतका साथ राम अधिकारी विजयी भएका छन् ।
हल्दिवारीः हल्दिवारी गाउँपालिकाको वार्ड नम्वर १को अध्यक्षमा त्रिलोचन सापकोटा विजयी भएका छन् । उनीसँगै सो वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
कचनकवलः नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनकवल गाउँपालिका वार्ड नम्वर–१मा राप्रपाका लक्ष्मीनारायण यादव ८६० मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७ सय ३२ मत प्राप्त गरे ।
महिला सदस्यमा दलित तर्फबाट राप्रपाकै सुनीता दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका उमाशंकर गणेश र महावीर लिम्बू रहेका छन् ।
त्यस्तै २ नम्वर वडामा नेकपा एमालेका खेमराज भट्टराई ६७९ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै सदस्यमा मनमाया चौहान ४४६, दलित महिला सदस्यमा प्रतिमा वोगटी, खुल्ला सदस्यमा चन्द्र शेखर अधिकारी विजयी भएका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका धनवहादुर गुरुङ विजयी भएका छन् ।
अर्जुनधाराः अर्जुनधारा नगरपालिका–१ को वार्ड अध्यक्षमा नेकपा एमालेका गजाधर खतिवडा विजयी भएका छन् ।
गौरादहः गौरादह नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगेन्द्र भण्डारी वडा अध्यक्षमा विजयी भएका छन् । त्यस्तै गौरादह २मा नेपाली कांग्रेसका हेमन्त कार्की विजयी भएका छन् । महिला सदस्यमा सविना राई, दलित महिला सदस्यमा लक्ष्मीमाया दर्नाल, उत्तम बस्नेत र विजय कन्दङ्वा विजयी भएका छन् ।


