Aamsanchar

एमाले अध्यक्षको राजीनामा,मतमा पार्टीका उम्मेद्वारको अग्रतामा राजीनामा दिनुले शंका उब्जायो

Author Image
आइतवार, असार १८, २०७४

बिर्तामोड ।
नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष कोमलप्रसाद पन्तले सो पदबाट राजीनामा दिएका छन् ।
आइतबार पार्टीका जिल्ला अध्यक्षलाई सम्बोधन गरेर राजीनामा दिएको व्यहोरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त पदमा रहेर जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको जनाउँदै उनले अध्यक्षबाट राजीनामा दिएको बताएका छन् ।
राजीनामा पत्रमा उनले राजीनमा स्वीकृतिका लागि जिल्ला अध्यक्ष समक्ष अनुरोध समेत गरेका छन् । एमाले कनकाई नगर कमिटीको प्रथम अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका थिए । उनको राजीनामाको खास कारण खुल्ल सकेको छैन ।
स्थानीय तहको निर्वाचन भई कनकाई नगरपालिकामा मत गणना जारी रहेको र पछिल्लो परिणाम अनुसार एमालेबाटै मेयरका उम्मेदवार राजेन्द्रकुमार पोखरेल र उपमेयरकी उम्मेदवार मञ्जु प्रसाईले अग्रता लिइरहेको बेला पार्टीका नगर अध्यक्ष पन्तको राजीनामा रहस्यमय बनेको छ ।

 

 

 

 

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर