Aamsanchar

रोडा गिटीका कारण दर्जन जती मोटरसाईकल दुर्घटनामा परे

Author Image
आइतवार, असार १८, २०७४

सडक मर्मतका नाममा विर्तामोड २ चारपानेमा एकहप्ता अघि पानी झरीमा अलकत्रमाथी छरेको रोडा गिटी अलकत्रमा नटासिएर सडक किनारमा थुर्पिएको रोडा। घामलागेको वेला सवारी साधन आवत जावत गर्दा धुलोले सर्वसाधारणलाई सास्ती त दिएकै छ । त्यसमाथी सवारी चापका कारण साघुरो बनेको पूर्व पस्चिम राजमार्गमा दुई पाग्रे सवारी सडक किनारवाट कुदाउनु पर्दा रोडामा चिप्लिएर चारपाने चौकमा दर्जन मोडटरसाईकल दुर्घटना परिसकेका छन । दुर्घटनावाट ठुलो मानविय क्षती नभएर पनि कसैको हात खुट्टामा चोट र कसैको हात समेत भाचिएको पिडित हरुले जनाएका छन । मुख्य सडकमा भएको यस किसिमको लापरवाहीले भयानक दुर्घटना निम्त्याउन सक्ने भन्दै चारपानेका नागरिक समाजका अगुवाहरुले सडकको रोडा तत्काल हटाउन सम्वन्धीत पक्षमा अनुरोध गरेका छन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर