Aamsanchar

बाबुरामले नयाँ शक्ति छोड्ने संकेत

Author Image
सोमवार, असार १९, २०७४

सशस्त्र क्रान्ति हुँदै शान्ति प्रकृयामा आएर प्रधानमन्त्रीसमेत बनेका र आर्थिक समृद्धिको नारा दिएर केही वर्षदेखि छुट्टै पार्टी सञ्चालन गरिरहेका बाबुराम भट्टराई सम्भावना बोकेका नेताको रुपमा चिनिन्छन् । आफूभित्रको सम्भावना माओवादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम भट्टराई जुटे पनि उनी छोटो समयमै नयाँ यात्राबाट निराश देखिन थालेको खबर छ ।

पार्टीबाट भइरहेको नेता कार्यकर्ताहको पलायन र स्थानीय तहको निर्वाचनमा जनताकाृ उपेक्षा र मतको परिणामले हत्तोत्साहित बनेका नेता बाबुराम भट्टराईले पार्टी नेताहरुसँग अनपेक्षित प्रस्ताव गरेका छन्, जुन पार्टीमा आवद्ध नेता–कार्यकर्ता निराश बनाउने खालको रहेको छ । स्थानीय चुनावको नतिजा र नेता–कार्यकर्ताले पलायनले हत्तोत्साहित बनेका पूर्व प्रधानमन्त्री बाबुरामले पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् ।

नयाँ शक्ति निकट स्रोतका अनुसार बाबुरामले उनीभन्दा तल्लो तहका नेतालाई बोलाएर केही दिनअघि मात्रै नेतृत्व लिइदिन आग्रह गरेका थिए । माओवादी पृष्ठभूमीका दुई नेता देवेन्द्र पौडेल र गंगानारायढा श्रेष्ठलाई भट्टराईले यस्तो आग्रह गरेका चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ । २०७४ असार १४ पछि देवेन्द्र पौडेललगायतका नेता कार्यकर्ता पुरानै घर फर्किने तयारीमा लागेको बेला भट्टराईबाटै यस्तो प्रस्ताव आएपछि उनको भर परेर लागेकाहरु सक भएका छन् ।

यसअघि नेकपा माओवादीमा रहदा समेत पनि उनले पार्टी छोडेर मिडिया चलाउनु पर्यो भन्ने खालका कुराहरु आफु निकटकासँग बाबुरामले गर्ने गरेको उनी निकट स्रोतले बताउनु गरेको थियो तर पछि पार्टी नै खोका थिए ।

बाबुराम पार्टीको गतिमति देखेर वाक्कदिक्क छन् स्रोतले भन्यो, ‘नयाँ शक्ति अब बन्न नसक्ने निष्कर्षमा पुगिसकेका नेता भट्टराईले लफडामा फसिरहनु भन्दा उम्कनु नै बेस ठानेर यस्तो मनस्थिति बनाएको हुनसक्छ ।’ नयाँ शक्ति निकट स्रोतका अनुसार, बाबुरामले पौडेल र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी नेतृत्व लिइदिन आग्रह गरेका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर