
विनोद पाण्डे(कमल)
कलियुग अर्थात २१ औं सताव्धी सम्म आईपुग्दा, समय संगै मानिसको जीवन शैली र कर्म र सव्यतामा पनि परिवर्तन आई सकेको छ । नेपाली हिन्दु परंपरा अनुशार दिवंगत परिवारका सदस्य ( पितृ ) को मोक्ष र उद्धारका लागी विभिन्न धार्मिक अनुश्ठान र पुण्यतिथीको दिन पितृको सम्झनामा श्राद्ध गर्ने पुरानो चलन हाम्रो समाजमा रहिआएको छ । अहिले आएर पुरेत पढाएर गर्ने पितृ श्रद्धा कर्मलाई धेरैले परिवर्तन गरेर धार्मिक सामाजिक कार्य गरेर वा अर्थ र भौतिक बस्तु दान गरेर पितृलाई सम्झने चलन पछिल्लो बर्षयता बढेको छ ।
बुधबार विहान ९ बजे विर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा (वृद्धआश्रम) मा अर्जुनधारा ५ फुलबारीका एक परिवारका सदस्य धेरै खुशी देखिन्थे । उनिहरुको खुशी र सन्तुष्टीको कारण थियो । आफ्ना दिवंगत पिताको दिवंगत मिति (तिथी)को दिन आश्रममा रहेका १९ जना जेष्ठ नागरिकलाई खानाको व्यवस्था मिलाएर पुण्यकाम गर्न पाएकोमा ।

शुभम सिङचुवाली , सरु सिङचुवाली , चैतन्य सिङचुवाली , निलु सिङचुवालीले परिवार विहन र परिवारले व्यवस्था गरेकागरी आश्रममा आश्रय लिएर बसेका हलेसी खोटाङकी नन्दकुमारी भट्टराई, दोलखा चरीकोटकी चन्द्रमाया श्रेष्ठ, सुभाङ पा“चथरका लक्ष्मीनारायण अधिकारी, दिक्तेलकी चन्द्रमाया दंगाल, इलामकी खड्गकुमारी जोशी, रमाईलो मोरङका मन्तु ठाकुर, बासबारी मोरङकी दुर्गामाया अधिकारी, महेशपुर झापाकी हासोकुमारी राजवंशी, भोजपुरका भगिरथ थापा, फिक्कल इलामका डिल्लीप्रसाद भण्डारी, इलामकी दिलकुमारी जोशी, बरबोटे इलामकी अहिल्या भट्टराई, अर्जुनधारा झापाका कमल चौधरी, दानाबारी इलामकी कमला रिजाल, उदयपुर गाईघाटकी चन्द्रमाया बस्नेत, आठराई तेह्रथुमका भिमबहादुर सुब्बा, दार्जिलिङकी विष्णु श्रेष्ठ, खोटाङ जयगाउ“का प्रेम तामाङ र इलामकी गणेशकुमारी श्रेष्ठ लाई खाना खुवाएका थिए ।
सिङचुवाली परिवार भन्छन घरमा ब्रम्हण पढाएर गरिने श्राद्ध कर्म भन्दा कम खर्चिलो र धेरै असायहरुलाई एकछाक भएपनी मिठो खाना खुवाउदा वढी आनन्द प्राप्त हुने महसुस गरेर हाम्रो परिवारले यसरी पितृलाई सम्झेका हौ र यस्ता किसिमका वृद्ध आश्रममा सबैले एक एक छाक खाना खुवाउन सक्दा वेग्लै आनन्द प्राप्त हुने र सबैमा शन्देश दिन अनी आश्रम चल्नलाई केही हदसम्म भएपनी सहज होस् भन्ने उदेश्यले घरमा श्राद्ध गर्नु भन्दा आश्रममा तिथीको दिन खाना खुवाएको चैतन्य सिङचुवालीले बताए ।



