Aamsanchar

झापामा ५ तहको गणना जारी, कस्ले कहा जित्दैछ ?

Author Image
बिहिवार, असार २२, २०७४

[एकराज गिरी]
झापा । झापाको १५ स्थानीय तह मध्ये ५ वटा तहमा अहिले पनि मतगणना जारी रहेको छ ।
८ नगरपालिका र ७ गाउँपालिका मध्ये चार नगर र ६ गाउँपालिकाको भने अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । चार नगरपालिका र एक गाउँपालिकामा भने मत गणना जारी रहेको हो ।
झापामा हाल मतगणना जारी रहेको स्थानीय तह मध्ये मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा छ ।
त्यस्तै दमक, अर्जुनधारा र विशसताक्षी नगरपालिकामा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

मेचीनगर
मेचीनगर नगरपालिकामा अग्रस्थानमा रहनुभएका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार विमल आचार्यले १४ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार विष्णु प्रसाईंले १४ हजार ३ सय ६६ मत प्राप्त गर्नुभएको छ ।
मेचीनगरको उपप्रमुखमा एमालेकी मिना उप्रेती १४ हजार ९ सय ११ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसकी दुर्गा खतिवडाले १३ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

बुद्धशान्ति गाउँपालिका
झापाको बुद्धशान्ति गाउँपालिकामा अग्रता रहेको कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रमेश भूजेलले ६ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा रहनुभएका एमालेबाट अध्यक्ष चिन्तन पाठकले ६ हजार ३ सय ३० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेको अग्रता छ । एमालेकी मीरा भूर्तेलले ६ हजार २ सय ५३ र उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा रहनुभएकी कांग्रेसकी चन्द्रकला भट्टराईले ५ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

अर्जुनधारा नगरपालिका
अर्जुनधारा नगरपालिकामा अग्रस्थानमा रहनुभएका नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार हरि रानाले ५ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसेबाट प्रमुख पदका उम्मेदवार हेमप्रसाद खरेलले ३ हजार ७ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
अर्जुनधाराकोे उपप्रमुखमा पनि एमालेकी कमला आचार्य ५ हजार १ सय मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसकी सरस्वती सिटौलाले ४ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ ।
दमक नगरपालिका
दमकमा अग्रस्थानमा रहनुभएका एमालेका प्रमुख पदका उम्मेदवार रोमनाथ ओलीले ८ हजार २ सय ३५ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा राप्रपाका राम थापाले ५ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकै गीता पौडेलले ९ हजार ५ सय ७५ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले ६ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको छ ।

शिवसताक्षी नगरपालिका
शिवसताक्षीमा अग्रस्थानमा रहनुभएका एमालेका प्रमुख पदका उम्मेदवार चन्द्रकुमार शेर्माले १० हजार ७ सय ८८ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ७ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकै भोजकुमारी नेपालले १० हजार ५ सय ५२ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाका निकटतम् प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसकी जयकुमारी चेम्जोङले ६ हजार ५ सय ८ मत प्राप्त गर्नुभएको छ ।

परिणाम सार्वजनिक भएको १० स्थानीय तह मध्ये प्रमुख तथा अध्यक्षमा एमालेले ४, कांग्रेस र राप्रपाले ३÷३ स्थानमा जित हासिल गरेका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने एमाले ७, कांग्रेसले २ र राप्रपाले १ स्थानमा जित हासिल गरेका छन् ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर