Aamsanchar

झापाको शिवसताक्षीमा एमालेबाट प्रमुख र उपप्रमुख विजयी

Author Image
बिहिवार, असार २२, २०७४

झापाको शिवसताक्षी नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार चन्द्रकुमार शेर्मा र उपप्रमुखमा एमालेकै भोजकुमारी नेपाल विजयी हुनुभएको छ ।
केहीबेर अघि घोषित मतगणनाको अन्तिम परिणामअनुसार शिवसताक्षीको प्रमुखमा विजयी शेर्माले १३ हजार ४ सय ३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्शुराम ढुंगानाले ८ हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै एमालेबाटै विजयी उपप्रमुख नेपालले १३ हजार ४ सय ७२ र उहाँकी निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी जयकुमारी चेम्जोङले ८ हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको थियो ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर