Aamsanchar

झापामा एक हजार १७८ जनाको जमानत जफत

Author Image
बुधवार, असार २८, २०७४

[नरेन्द्र ढकाल]
 झापा,

स्थानीय तहको निर्वाचनमा झापामा विभिन्न पदका १ हजार १८७ उम्मेदवारको जमानत जफत भएको छ । ६ सय ८५ पदमा चुनाव लडेका ३ हजार ३ सय ४० जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएकोे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
भ्mापामा १५ स्थानीय तह मध्ये ८ नगरपालिका र ७ गाँउपालिमामा गत असार १४ गते सम्पन्न मतदानको मतपरिणमा आउन ११ दिन लागेको थियो । ५ लाख १० हजार २१६ मतदाता रहेको झापामा ७३ प्रतिशत अर्थात् ३ लाख ७२ हजार ८ सय ४० जनाले मतदान गरेको जनाइएको छ । झापामा मेयर र उपमेयरमा एमाले र कांग्रेसका उम्मेदवारले मात्रै जमानत जोगाउन सकेका छन् । अधिकांश पार्टीहरुले एक्ला–एक्लै भिडेका थिए ।
भ्mापाको सबैभन्दा धेरै मेचीनगरपालिमामा १५४ जनाको जमानत जफत भएको छ भने दोश्रोमा अर्जुनधारा नगरपालिकाका उम्मेद्वारको जमानत जफलत भएको पाइएको छ । १३६ जनाको जमानत जफत भएको हो । त्यस्तै शिवसताक्षी नगरपालिकाबाट १२८, भद्रपुर नगरपालिबाट १०४, कनकाईनगरपालिकाबाट ८४, दमक नग।पालिकाबाट ८०, विर्तामोड नगरपालिकाबाट ७८, गौरादह नगरपालिकाबाट ७३, कचनकवल गाँउपालिकाबाट ५७, गौरीगञ्ज गाँउपालिकाबाट ४६, झापा गाँउपालिकाबाट ३७, बाह्रदर्शी गाँउपालिकाबाट ६१, बुद्धशान्ति गाँउपालिकाबाट ५४, कमल गाँउपालिमामा ७१ जना र हल्दिबारी गाँउपालिकाबाट २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका तथ्याङ्क शाखाका प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
निर्वाचन आयोगले स्थानीय तहका प्रमुख र उप्रमुखलाई जनही १ हजार ५ सय रुपैयाँ, वडा अध्यक्षलाई १ हजार रुपैयाँ र वडा सदस्यलाई ५ सय रुपैयाँ धरौटी शुल्क तोकेको थियो । दलित र महिलाको हकमा भने ५० प्रतिशत छुटको व्यवस्था निर्वाचन आयोगले गरेको थियो । धरौटी जफत भएका उम्मेदवार यकिन भइसके पनि कति राजस्व संकलन भयो भन्ने तथ्यांक तयार नभइसकेको क्षेत्रीय निर्वाचन अधिकारी गोपाल आर्चायले जानकारी दिए ।
उता स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका इलामका ४५२ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।

इलाम नगरपालिकाका ९५ जना, माई नगरपालिकाका ६८ जना, सूर्योदय नगरपालिकाका ९५ जनाको जमानत जफत भएको हो । त्यसैगरी, चुलाचुली गापाका ६२ जना, फाकफोकथुम गापाका ४५ जना, माई जोगमाई गापाका २७ जना, रोङ गाउँपालिकामा ३७ जना र सन्दकपुर गाउँपालिकामा २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर