दमक।
झापाको दमकमा नेपाली कांग्रेसको हार भएपछि अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारवाही शुरु गरेको छ ।
नेपाली कांग्रेस दमक नगर समितिले साधरण सदस्य समेत नरहने गरी घनेन्द्रराज योङ्यालाई कारवाहीका लागि उपल्लो निकायमा सिफारिस गरेको पाइएको छ ।
उनी महाअधिवेशन प्रतिनिधि हुन् । उनलाई नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुलाई हराउन महत्वपूर्ण भूमिका खेलेको आरोप लगाइएको छ । उनी तत्कालीन राप्रपा नेपालबाट कांग्रेसमा प्रवेश गरेर महासमिति सदस्यमा राम्रो मत ल्याएर निर्वाचित भएका थिए । उनी पनि नगरप्रमुखको आकांक्षी रहेकोमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीलाई टिकट प्रदान गरिएको थियो ।
नगर समितिको बैठकले एक हप्ताभित्र वार्डमा पराजित हुनुको कारण र यसमा कसैले अन्तरघात गरेको भए त्यसको विवरणसहित पठाउन निर्देशन गरिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 161