Aamsanchar

भानुभक्त रत्न पुरस्कार घिमिरेलाई प्रदान गरिने

Author Image
बिहिवार, असार २९, २०७४

 झापा,

आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार यसवर्ष झापा अर्जुनधाराका शास्त्रीय छन्दवादी कवि मोहन घिमिरेलाई प्रदान गरिने भएको छ ।

बिर्तामोड –४स्थित ईडन गार्डेन इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले स्थापना गरेको उक्त पुरस्कार ११ हजार रुपैया राशीको रहेको छ ।
७० वर्षीय शास्त्रीय छन्दवादी कवि घिमिरे चार दशकदेखि छन्दमा कलम चलाइरहेको स्रष्टा हुनुहुन्छ ।

उहाले छन्दमा जलेश्वरधाम नामक कृति प्रकाशित गर्नुभएको छ भने अन्य कृति पनि प्रकाशित भएको पुरस्कार छनौट समितिका संयोजक साहित्यकार विनोद खनालले जानकारी दिनुभयो ।
ईडन गार्डेन इङ्लिस स्कूलका आगामी वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरिने विद्यालयका संस्थापक प्रिन्सिपल आचार्यले बताउनुभयो ।
यसअघि उक्त पुरस्कार बाहुनडाँगीका केशवराज खनाल र सुरुङ्गाका मित्रप्रसाद दाहाललाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर