Aamsanchar

मेचीनगरमा १५४को जोगिएन जमानत

Author Image
शुक्रवार, असार ३०, २०७४

नरेन्द्र ढकाल/ सन्तोष अधिकारी
झापा । झापाको सबैभन्दा धेरै मतदाता रहेको नेपालकै पूर्वको नगर मेचीनगर नगरपालिकामा गत असार १४ भएको स्थानीय तहको निर्वाचनमा ६ जना मेयरका उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिका रहेको झापामा सबैभन्दा धेरै उम्मेदवारको जमानत जफत पनि मेचीनगरमा नै भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मेचीनगरमा विभिन्न पदका लागि ३७७ जनाले मनोनयन दर्ता गराएका थिए । सबैभन्दा ठूलो नगर मेचीनगरमा १५ वटा वडाहरु रहेका छन् । जसमध्ये १५४ जना उम्मेदवारले कूल सदर मतको १० प्रतिशत पनि मत नल्याउँदा उनीहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
उनका अनुसार मेयर अर्थात् नगरप्रमुखको उम्मेदवार बनेका ६ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुनेहरुमा स्वतन्त्र उम्मेदवार ज्योतिकिरण रिजाल १५, रमेश दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टी ८०३, इन्द्रबहादुर श्रेष्ठ संघीय समाजबादी फोरम नेपाल ४३९, स्वतन्त्र पनिता अधिकारी (ढकाल) ११५, बुद्धिमान तामाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २१९, रुद्रबहादुर राई स्वतन्त्र ४५८ मत रहेका छन् ।
त्यस्तै उपमेयरमा ५ जनाको जमानत जफत भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जमानत जफत हुनेहरुमा स्वतन्त्र कान्छा हुमागाँई १३१, संघीय समाजवादी फोरम नेपाल अग्रीमाया मेचे ६२६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नरमाया गहतराज १८६, राष्ट्रिय प्रजातन्त्र पार्टी सविना बजगाई १२३५ र स्वतन्त्र दत्ता लिम्बूले ५२४ मत प्राप्त गरेका छन् ।
भारतसँग सीमाना जोडिएको तथा भन्सार कार्यालय, पर्यटन कार्यालय लगायतका अन्तर्राष्ट्रिय सम्बन्धसँग प्रत्यक्ष जोडिने क्षेत्र भएकाले मेचीनगर नगरपालिकाको निर्वाचनलाई महत्वका साथ हेरिएको थियो ।
कुन वडाका कस–कसको जमानत जफत
वडा नं. १का वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी लोकनाथ लामिछाने ८८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनबहादुर तामाङ १५, महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बुद्धमाया तामाङ २५३, राष्ट्रिय प्रजातन्त्र पार्टी यमुना आचार्य ८४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निरकला राई ४६, सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लालबहादुर राई २५, राष्ट्रिय प्रजातन्त्र पार्टी सदस्य यामबहादुर हुमागाँई ११२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र काजीबहादुर घिमिरे २६१, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सूर्यकुमार कार्की २५५, राष्ट्रिय प्रजातन्त्र पार्टी महेन्द्रराज मल्ल १७९ मतको जमानत जफत भएको छ ।
त्यस्तै वडा नं. २का वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी पार्वतादेवी घिमिरे १५, स्वतन्त्र सागर राई ७०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बुद्धिराम लिम्बू २८, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी खिलकुमारी ठाडामगर ८४, स्वतन्त्र अनिता तामाङ ११९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पद्मा लिम्बू ४५, सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लोकबहादुर लिम्बू ३३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रेमराज लिम्बू ३४ मतको जमानत जफत भएको छ ।
त्यस्तै वडा नं. ३का वडाध्यक्ष स्वतन्त्र शानबहादुर मेचे ११४, राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर खड्का १६, सदस्य स्वतन्त्र दोरेन धिमाल ११५, स्वतन्त्र जमुना राई १११ को पनि जमानत जफत भएको छ ।
त्यस्तै जमानत जफत हुनेहरुमा वडा नं. ४का वडाध्यक्ष स्वतन्त्र भक्तबहादुर गुरुङ २७, राष्ट्रिय प्रजातन्त्र पार्टी इन्द्रबहादुर प्रधान ३५, महिला सदस्य स्वतन्त्र रणमाया गुरुङ ३०, सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी गंगाराम पराजुली ९७, राष्ट्रिय प्रजातन्त्र पार्टी देवीप्रसाद आचार्य १४४, स्वतन्त्र डम्बरबहादुर जोगी २५ रहेका छन् ।
त्यस्तै वडा नं. ५का वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) नरेन्द्रकुमार पाठक १२, स्वतन्त्र देवनारायण धिमाल २४, संघीय समाजवादी फोरम नेपाल तिलकचन सुब्बा २३, राष्ट्रिय प्रजातन्त्र पार्टी रामकुमार गिरी ११, महिला सदस्य संघीय समाजवादी फोरम नेपाल कोपिला लावती १२०, राष्ट्रिय प्रजातन्त्र पार्टी पवित्रामाया थापा ५५, दलित महिला सदस्य संघीय समाजवादी फोरम नेपाल कमला विश्वकर्मा ८१, संघीय समाजवादी फोरम नेपालका सदस्य सुवास लिम्बू ११७, संघीय समाजवादी फोरम नेपाल नरबहादुर विश्वकर्मा ७७ मतको पनि जमानत जफत भएको छ ।
त्यस्तै वडा नं. ६का वडाध्यक्षका उम्मेदवार संघीय समाजवादी फोरम नेपाल दिनेश राई ११७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कर्णबहादुर लिम्बू ३०, राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम तामाङ ८३, स्वतन्त्र षष्टिप्रसाद लुइँटेल १९, स्वतन्त्र देवेन्द्र राई ३६, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भूपाल ओली ४५४, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी शारदाकुमारी पराजुली १७२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आशमाया नेम्वाङ ३२, संघीय समाजवादी फोरम नेपाल सन्तकला राई ९६, दलित महिला सदस्य संघीय समाजवादी फोरम नेपाल मंगलीमाया कामी ११८, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इन्दिरा रसाइली ३७५, सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जसबहादुर लिम्बू ३३, संघीय समाजवादी फोरम नेपाल हिमबहादुर राई १४५, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विकास थापामगर ५४८, संघीय समाजवादी फोरम नेपाल उत्तरकुमार स्याङ्तान १३९, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरबहादुर कार्की २०८, राष्ट्रिय प्रजातन्त्र पार्टी बबी तामाङ ८६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बलविक्रम चेम्जोङ ४७ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राजकुमार दाहाल ४६९ मतको पनि जमानत जफत भएको छ ।
त्यस्तै वडा नं. ७का वडाध्यक्ष संघीय समाजवादी फोरम नेपाल अर्पण लिम्बू १९, स्वतन्त्र कृष्ण कट्टेल ४१, स्वतन्त्र हर्कबहादुर तामाङ ४३, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) किरण कन्दङ्वा ६५, महिला सदस्य स्वतन्त्र शारदा राई ५९, राष्ट्रिय प्रजातन्त्र पार्टी यशोदा उप्रेती (अधिकारी) २४१, सदस्य स्वतन्त्र देवराज राई ६७, स्वतन्त्र मुना मण्डल ७२, संघीय समाजवादी फोरम नेपाल यज्ञराज गुरुङ १७, राष्ट्रिय प्रजातन्त्र पार्टी शिवजी भट्टराई ४१९, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) बद्रीप्रसाद उप्रेती २४ र राष्ट्रिय प्रजातन्त्र पार्टी खेमप्रसाद मैनाली ३६९ रहेका छन् ।
त्यस्तै वडा नं. ८मा वडाध्यक्ष पदका संघीय समाजवादी फोरम नेपालका पवनलाल मेचे १४१, स्वतन्त्र फूलमान तामाङ ९१, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दीपेन्द्र रिजाल ३०८, महिला सदस्य स्वतन्त्र दिलवरी राई ८९, संघीय समाजवादी फोरम नेपाल उमादेवी योङपाङ्गदेन १२३, दलित महिला सदस्य स्वतन्त्र लक्ष्मी दर्जी ९०, सदस्य स्वतन्त्र चन्द्रकुमार राई ८३, संघीय समाजवादी फोरम नेपाल रितुसिंह राजवंशी १३७, स्वतन्त्र अष्तवर धिमालले ९१ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नं. ९मा वडाध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपाल अमर लिम्बू ४१, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कमलबहादुर रसाइली ३९६, स्वतन्त्र अकलबहादुर तामाङ १८, स्वतन्त्र राजन खड्का ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी अस्मिता दाहाल खरेल १०३, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी कमलादेवी बस्नेत २३१, स्वतन्त्र अनिता बस्नेत ७३, संघीय समाजवादी फोरम नेपाल शान्ता श्रेष्ठ ५७, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तकुमारी कामी १३४, सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी पुरणपाल राई १४५, स्वतन्त्र जोखेन मेचे ८६, राष्ट्रिय प्रजातन्त्र पार्टी टेकनाथ खनाल २०१, स्वतन्त्र बुद्धिबहादुर श्रेष्ठ ४९, संघीय समाजवादी फोरम नेपाल सन्तबहादुर लिम्बू ५७, संघीय समाजवादी फोरम नेपाल पञ्चबहादुर सुब्बा ६० मत प्राप्त गरे ।
त्यस्तै वडा नं. १०मा वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) भरोसादास पौडेल १७, संघीय समाजवादी फोरम नेपाल तारा दनुवार २४, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक शम्भुनारायण झा १८, राष्ट्रिय प्रजातन्त्र पार्टी कल्याण खड्का २४३, महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) उषा तिम्सिना १८, राष्ट्रिय प्रजातन्त्र पार्टी माया गुरुङ २८०, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मला मल्लिक १६४, सदस्य मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक लालबाबु ठाकुर ४३, राष्ट्रिय प्रजातन्त्र पार्टी हुमनाथ बराल १८०, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदीप राजवंशी २७३, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक राजकुमार साह २२को पनि जमानत जफत भएको छ ।
त्यस्तै वडा नंं. ११मा प्रमुख पार्टीको रुपमा रहेको नेपाली कांग्रेसका वडाध्यक्षकै जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । वडा नं. ११का वडाध्यक्षका उम्मेदवार हरिप्रसाद कार्कीले १८९ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका कालीबहादुर लिम्बू १७, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी देवीमाया शिवाकोटी ११८, सदस्य स्वतन्त्र राजकुमार शर्मा १७, संघीय समाजवादी फोरम नेपाल रामकुमार राई १९, राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मणकुमार लिम्बू २०१, संघीय समाजवादी फोरम नेपाल आइन्द्रविक्रम सेलिङ २८, राष्ट्रिय प्रजातन्त्र पार्टी माधवप्रसाद भेटवाल १०८ मत प्राप्त गरे ।
त्यस्तै वडा नं. १२मा वडाध्यक्षका राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद पौडेल ४१, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी राममाया खरेल ६१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रञ्जु राजवंशी ५७, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी कुमारी विश्कर्मा ५२, सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अमित राई २०३, संघीय समाजवादी फोरम नेपाल धनकुमार थम्सुहाङ लिम्बू ३३, राष्ट्रिय प्रजातन्त्र पार्टी युवराज रिमाल ७०, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमार भुजेल ३८ को पनि जमानत जफत भएको छ ।
त्यस्तै वडा नं. १३मा वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपाल पुष्पादेवी लिम्बू बोखिम ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी रामप्रसाद प्याकुरेल ३६, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी निलादेवी प्रसाईं ११६, संघीय समाजवादी फोरम नेपाल सुनुहाङमा लिम्बू राई ७५, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रिका विश्वकर्मा ७८, सदस्य संघीय समाजवादी फोरम नेपाल बमबहादुर योङ्या ८२, राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वनाथ धिताल ९३, संघीय समाजवादी फोरम नेपाल कुमार रानामगर ६८, राष्ट्रिय प्रजातन्त्र पार्टी खड्गबहादुर कार्कीले १०५ मत प्राप्त गरे ।
त्यस्तै वडा नं. १४मा वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रप्रसाद रिजाल ८४, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक कृष्णप्रसाद आचार्य ९, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी दुर्गादेवी महत १५२, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक भगवती लामिछाने १३, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी रिना सेवा दर्जी १०४, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक चन्द्रकला विश्वकर्मा ९, सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी कमलसिंह राजवंशी १०६, राष्ट्रिय प्रजातन्त्र पार्टी खेमनाथ प्रसाईं १६६, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक वेनुकुमार डाँगीले ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा नं. १५मा वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रबहादुर थापा २०३, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी पद्मा मेचे १९४, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मी दर्जी ३०४, राष्ट्रिय प्रजातन्त्र पार्टी सदस्य हरिमन राजवंशी २३९, राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रलाल चौधरी २५३ र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक नन्दु सहनीले २ मत मात्र प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय झापाका तथ्यांक शाखाका प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । यी सबै उम्मेदवारको जमानत जफत भएको छ ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर