नेपाली काँग्रेस दमक नगर सभापतिले कसैलाइ पनि कार्वाही नभएको स्पष्ट पारेकाछन् । बिभिन्न सञ्चारमाध्यमहरुमा कार्वाहीको पत्र सहितको समचार प्रकाशन भएपछि उत्पन्न बिबादपछि बिष्टले प्रेस बक्तब्य नै जारी गरेर आफूले कार्वाही नगरेको बताएकाहुन् ।

महाअधिवेसन प्रतिनिधि घनेन्द्रराज योङ्यालाइ कार्वाहीका लागि सिफारीस भएको समचारहरु काँग्रेसको लेटर प्याडमा कार्वाहीको सिफारीसको ब्यहोरा लेखिएको प्रमाण सहित नै प्रकाशित भएका थिए । यसले पार्टीभित्र तंरग ल्याइदिएको थियो ।

घनेन्द्रराज योङ्याले त्यसको प्रतिउत्तरमा कडा शब्दमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । बिष्टले जारी गरेको प्रेस बिज्ञप्तिमा आफूसंग कार्वाही गर्ने अधिकार नरहेको बताउदै कार्वाहीको हल्ला झूट समेत भनेकाछन् ।
घनेन्द्रराज योङ्याले नगर समितिलाई दिए चुनौती


नेपाली काँग्रेस दमकका महाअघिवेसन प्रतिनिधि तथा नेपाली काँग्रेसका नेता घनेन्द्रराज योङ्याले आफू बिरुद्ध भइरहेको प्रचारबाजि र कार्वाहीको बिषयमा कडा टिप्पणी गरेकाछन् । उनले यसरी भ्रमित नपार्नपनि सचेत गराएकाछन् ।
नेपाली काँग्रेस दमकले स्थानीय तह निर्वाचनमा सुब्बालाइ अन्र्तघात गरेको भन्दै माथिल्लो निकायमा कार्वाहीका लागि सिफारीस गर्ने निर्णय गरेको थियो । त्यसले रुष्ट बनेका सुब्बाले ३ दिनपछि प्रक्रिया जनाएकाहुन् ।

घनेन्द्रराज योङ्याले उम्मेदवारी चयन गर्दा मेयरका उम्मेद्वार भण्डारी र उपमेयर उम्मेद्वार रेगिना भट्टराइले हुलहुज्जत गरेर बैठक कब्जामा लिइ आफ्नो पक्षमा निर्णय गरेको आरोप लगाएकाछन् ।
घनेन्द्रराज योङ्याले आफू कमीकमजोरी भएकोमा आत्मआलोचना गर्न तयार रहेको भन्दै यसको जिम्मेवारी क्षेत्रिय सभापति र नगर अध्यक्षले लिने की नलिने भन्दै प्रश्न समेत तेस्र्याएकाछन् ।
पार्टीलाइ चौधो बनाउन र एउटा पनि जनप्रतिनिधि जित्न नसक्ने अवस्था आउनुमा क्षेत्रिय समिति र नगर समितिको भूमिका भएको उनको आरोप रहेको छ ।

