(दिपेन लावती)

शान्तिनगर,


झापाको बुद्धशान्ति गाउँपालिका पहिलो खुला दिशामुक्त गाउँपालिका घोषित भएको छ । बिहिबार वडा न. ४, ५, ६ र ७ को संयुक्त वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि (साबिक शान्तिनगर गाबिस) लाई खुला दिशामुक्त घोषित गरिएको हो । बुधबारे र शान्तिनगर मिलाएर बुद्धशान्ति गाउँपालिका बनाईएको छ । बुधबारे १ बर्ष अघि नै खुलादिशामुक्त भईसकेको छ ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती रमेश कुमार भुजेलले ब्यानर पढेर खुल्ला दिशामुक्त भएको घोषणा गरे । बिगत ४ बर्ष देखि (साबिक शान्तिनगर गाबिस) लाई खुल्ला दिशामुक्त बनाउन डिभिजन खानेपानी कार्यालय भद्रपुर, साबिक शान्तिनगर गाबिस कार्यालय, स्थानीय संघसस्था, खानेपानी आयोजना, बन उपभोक्त समिति, बुद्धिजीबि, राजनितिक दलका प्रतिनिधी, आमा समुह, स्वास्थ्य स्वयमसेबिका, वडा नागरिक मन्चका पदाधिकारी, लगायतले खुल्ला दिशामुक्त क्षेत्र बनाउने सक्रियताका साथ सहयोग गरेका थिए ।
साहारा नेपालको अगुुुवाई र सहजीकरणमा साबिक (शान्तिनगर) को वडा नम्बर ४, ५, ६ र ७ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको साहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मि भण्डारीले बताए । ४ हजार ६ सय ५६ घरधुरी रहेको शान्तिनगरमा ९५ प्रतिशतको घरमा शौचालय निर्माण भएको वडा कार्यालयका सचिब भूमिप्रसाद निरौलाले बताए । बाँकी ५ प्रतिशत शौचालय निर्माण हुने अन्तिम चरणमा रहेको उनले बताए । कार्यक्रममा बिभिन्न पार्टिका प्रतिनिधी, नवनिर्बाचित वडाध्यक्ष, बिभिन्न संघसस्थाका प्रतिनिधी, आमा समुह, स्वास्थ्य स्वयमसेबिका, बुद्धिजीबि, पत्रकार लगायतको उपस्थितीमा खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।
साबिक शान्तिनगर गाबिसका पूर्व सचिब तथा वडा कार्यालय शान्तिनगरका सचिब भूमिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आथित्य तथा गाउँपालिकाका उपाध्यक्ष मीरा भूर्तेल र डिभिजन खानेपानी कार्यालय भद्रपुरका प्रमुख सिताराम काफ्लेको बिशेष आथित्य रहेको थियो । एक घर, एक सौचालयको अभियान सफल भए पनि सार्वजनिक शौचालयको अभाब रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।
प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष भुजेलले सरसफाईको कार्यक्रमलाई अझ तिब्र पारि नाम अनुसारको पहिचान बनाउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘जुन सफलता मिल्यो अव कार्यन्वयनको पाटो पनि मजबुत हुनपर्छ ।’ हरेक नागरिकले दिशापिसाब सौचालयमा गर्ने र यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खुला ठाउँमा दिशापिसाब गर्न नदिने हो भने बुद्धशान्ति सुन्दर र सफा हुनेमा दुईमत छैन् । ठाउँ÷ठाउँमा सार्वजनिक सौचालय निर्माण गर्ने अभियानमा छौ, उनले भने ‘अव सुन्दर, सफा र हराभरा गाउँपालिकाको रुपमा परिचित गराउने क्रममा छौ ।’
कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र बनाउन सहयोग गर्ने साहारा नेपाल सहित ३ दर्जन बढि ब्यक्ति तथा संघसस्थालाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा वडा कार्यालयलाई डिभिजन खानेपानी कार्यालयले नगद १ लाख रुपयाँ पुरस्कार समेत प्रदान गरेको छ । स्वास्थ्य चौकी शान्तिनगरका प्रमुख दिपक सापकोटाले स्वागत गरेको कार्यक्रमको संचालन वडा कार्यालयका कर्मचारी कुलचन्द्र दाहाल र डिभिजन खानेपानी कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले गरेका थिए


