Aamsanchar

जनप्रतिनिधिहरुका काम कर्तब्य र अधिकार !

Author Image
शनिवार, असार ३१, २०७४

[दिपेन्द्र भट्टराई]
शिकार खेल्न जानु गोली बिनाको बन्दुक बोकेर । अहिले निर्वाचित जनप्रतिनिधिहरुको अवस्था यस्तै देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधिहरुले पदवहाली गरिसकेका छन् । संविधानले स्थानीय तहलाई प्रसस्त अधिकार दिएपनि यी अधिकारहरु अहिले संविधानमा मात्र सिमित छन् । यी अधिकारहरुको कार्यन्वयनका लागि आवश्यक संघीय स्वरुपको स्थानीय तह संचाल सम्बन्धि ऐन, कानुन तथा नियमावली नहुँदा निवार्चित भएर पद समाल्न पुगेका जनप्रतिनिधिहरु अन्योलमा परेका छन । सरकार स्थानीय तहको ऐन कानुनका लागि मस्यौदा बिधेयक तयार गरिरहेको छ ।

ति बिधयेकहरु संसदमा छलफल भएर पास हुन अझै केहि समय लाग्ने देखिन्छ । यो अन्योललाई थोरै भएपनि हटाई स्थानीय तहलाई तत्काल संचालन गर्दै, संविधान बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका तथा जिल्ला समन्वय समितिबाट सेवा प्रवाहलाई निरन्तरता दिन, स्थानीय तहको शासन सञ्चालन सम्बन्धी ऐन जारी नहुँदासम्मको लागि, स्थानीय तहको सञ्चालन तथा व्यवस्थापन गर्न, नेपाल सरकारले “सस्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४” जारी गरेको छ । जस अनुसारनै अहिले स्थानीय तहका जनप्रतिनिधिहरुले कार्य गर्नुपर्ने छ । यो आदेशका सम्बन्धमा आम सर्वसाधारण र अधिकंश जनप्रतिनिधिहरु नै अनबिज्ञ रहेको पाईएको छ । त्यसकारण यस स्तम्भमा यहि आदेशमा उल्लेख भएका स्थानीय तहका जनप्रतिनिधिहरुको काम कर्तब्य र अधिकारका सम्बन्धमा चर्चा गरिएको छ ।
गाउँपालिकको अध्यक्ष वा नगरपालिकको प्रमुखको काम कर्तब्य र अधिकार
सभा र कार्यपालिकको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने, सभा र कार्यपालिकको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने गराउने, गाउँपालिका वा नगरपालिकाको आवधिक वा बाषर््िाक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने, कार्यपालिकको निर्णयबाट सभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने, । उपाध्यक्ष वा उपप्रमख वा सदस्यहरुलाई गाउँपालिका वा नगरपालिकाको कार्यभिाजन नियमावली अनुरुपको विषयगत कार्य ज्म्मिेवारी बाँडफाँड गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने, अनुगमन तथा मूल्यांकन एवं समीक्षा गने गराउने ।
त्यसैगरि कार्यपालिकको दैनिक कार्यको सामान्य रेखदेख, निर्देेशन र नियन्त्रण गर्ने, उपाध्यक्ष वा उपप्रमुख वा सदस्यलाई काजमा खटाउने । गाउँपालिका वा नगरपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्चको हिसाब र अन्य अभिलेख, कागजपत्र सुरक्षित राख्ने राख्न लगाउने । गाउँपालिका वा नगरपालिका अन्र्तगत संचालित विकास कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी सूचक तयार गरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र विषयगत विभाग ÷ महाशाखा ÷ शाखा प्रमुखहरू÷ वडा कार्यालय, मातहतका निकाय ÷ कार्यसम्पादन संझौता गर्ने ।
गाउँपालिका वा नगरपालिकाको भू–उपयोग नीति, गुरुयोजना वा कानूनले तोके बमोजिम गाउँपालिका वा नगरपालिकाको पूर्व स्वीकृति नलिई कुनै व्यक्ति, संस्था वा कम्पनीलाई जग्गा प्लटिङ वा प्लानिङ गरेको पाइएमा तत्काल कारवाही गर्ने । प्रचलित कानून बमोजिम प्रमाणित वा सिफारिस गर्ने, गाउँपालिका वा नगरपालिकाका विषयगत विभाग, महाशाखा, शाखाहरुको रेखदेख र नियन्त्रण गर्ने, गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र संचालित कार्यक्रमहरूको गुणस्तर कायम गर्ने, त्यस्ता कार्यक्रमहरु कार्ययोजना बमोजिम संचालन भए नभएको सुपरिवेक्षण अनुगमन गर्ने ।

गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र संचालन हुने विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यक्रमहरू कार्याणन्वयन गर्दा अन्य स्थानीय तह, प्रदेश एवं संघीय तहसँग समन्वय कायम गर्ने, आफ्नो स्थानीय तहले सम्पादन गने कार्यक्रहरूको बारेमा आउने गुनासोको सुनवाई गर्ने, प्रचलित कानूनले तोके बमोजिम पुनरावेदन सुन्ने र कारवाही गर्ने, विपद् जोखिम व्यवस्थापन (विपद् पूर्व तयारी र योजना समेत) निर्माण तथा कार्यान्वयन गर्ने, गराउने ।
गाउँपालिका वा नगरपालिकाले सम्पादन गरेका कार्यहरूको मासिक प्रगति विवरण तयार गरी कार्यपालिकाको वैठकमा छलफल गरी कमि कमजोरी पाइएमा सुधार गर्न निर्देशन गर्ने र यस्तो प्रगति विवरण चौमासिक रुपमा सार्विजनिक गर्ने । गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र आपूर्ति हुने वस्तु वा सेवाको सहि आपूर्ति भए नभएको यकिन गरी आपूर्ति व्यवस्था मिलाउने एवं नियमित बजार अनुगमन गर्ने, गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र कार्यरत राष्ट्रिय तथा अनतराष्ट्रिय गैर सरकारी संस्थाहरुका क्रियाकलापहरुको नियमित अनुगमन र नियमन गर्ने । गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र संचालन हुने कार्यहरुमा स्थान विशेषको आधारमा लागत कायम हुने गरी निर्माण सामाग्री तथा ज्यालाको दररेट निर्धारण गर्ने ।

गाउँपालिका वा नगरपालिका क्षेत्र भित्र रहेको अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्ने । सरकारी वा सार्वजनिक, ऐलानी र पर्ती जमीनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने । रािनीनतक दल, नागरिक समाज, पेसागत संघ संस्था र निजी क्षेत्र बिच आपसी समन्वय, सद्भाव र सामन्जस्यता कायम गर्ने । स्थानीय तहको सभा र कार्यपालिकाबाट भएका निर्णयहरू सार्वजनिक गर्ने, गराउने । गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्र भित्रका विषयमा संघ र प्रदेशबाट प्राप्त नमूना कानूनका आधारमा कानून बनाई लागू गर्न अग्रसरता र नेतृत्व लिने । संघ र प्रदेशबाट प्राप्त कानून, नीति, नियम, कार्यविधि आदिको आधारमा उपयुक्त नीतिगत एवं कानूनी व्यवस्था गरी कार्यान्वयन गर्न गराउन अग्रसरता र नेतृत्व लने । स्थानीय तहमा देखिने सांस्कृतिक तथा आर्थिक विचलन, सामाजिक कुरिति जस्ता कार्यहरु नियन्त्रण गर्ने । गाउँपालिका वा नगरपालिकाको आफ्नो आन्तरिक आयस्रोत बढाउने कार्ययोजना तयार गरी कायान्वयन गर्ने ।
गाउँपालिका वा नगरपालिका तहमा प्रतिस्पर्धा कायम गर्न जुनसुकै स्वरुपमा गरिने सिन्डिकेट कार्टेलिङ् कालोबनारी जस्ता कार्य हुन नदिन ब्यवस्था गर्ने, गाउँपालिका वा नगरपालिका तहमा सुशासन कायम गर्न सदाचार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने । गाउँपालिका वा नगरपालिका क्षत्र भित्र रहेका प्राकृतिक स्रोतको दीगो संरक्षण र उपयोग गर्ने, चौमासिक प्रगति सार्वजनिक गर्ने तथा वर्ष भरीमा सम्पादन गरेका काम कारवाहिका बारेमा बार्षिक प्तिवेदन प्रकाशित गरी सर्वजनिक गर्ने । अध्यक्ष÷प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो गाउँपालिका वा नगरपालिका क्षेत्र छाडी बाहिर जानु पर्दा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यभार सुम्पि जानु पर्नेछ । सभा वा कायपालिकाले तोकेका अन्य काम गर्ने ।
गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाको उपप्रमुखको काम, कर्तव्य र अधिकारहरु
प्रचलित कानुनमा उल्लेख भए अतिरिक्त उपाध्यक्ष वा उप–प्रमुखले न्यायिक समितिको संयोजक भै काम गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा कार्यवहाक भई काम गर्ने, अध्यक्ष वा प्रमुखबाट प्रत्यायोजन भै आएका काम गर्ने, तोकिएको अन्य कामहरू गर्ने ।
गाउँपालिका वा नगरपालिका का सदस्यहरुको काम, कर्तव्य र अधिकारहरु
प्रचलित कानुनमा उल्लेख भए अतिरिक्त अध्यक्ष र प्रमखले तोकेको बिषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने । वडा अध्यक्षका रुपमा निर्वाचित कार्यपालिकाको सदस्यले आफ्नो वडा समितिको वडा अध्यक्ष समेतको कार्य गर्ने । अध्यक्ष र प्रमुखले तोकेको अन्य काम गर्ने ।
गाउँपालिका वा नगरपालिकाका वडा अध्यक्षहरुको काम, कर्तव्य र अधिकारहरु
प्रचलित कानुनमा उल्लेख भए अतिरिक्त वडासँग सम्बन्धित कामका लागि समन्वयकर्ताको रुपमा रही वडा समितिको प्रमुख भई काम गर्ने । वडा समितिका सदस्यहरूलाई वडा समितिको कामको बाँडफाँड गरी परिचालन गर्ने । कार्यपालिकाको सदस्यको कार्य गर्ने । वडा समितिको योजना, कार्यक्रम, बजेट तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा अनुगमन गर्ने । आफ्नो वडा भित्र घर धरीको क्षेत्रगत तथ्याङ्क संकलन गरी अभिलेख राख्ने । आफ्नो वडा भित्रको सार्वजनिक सम्पत्तिको लगत संकलन गरी अभिलेख राख्ने । आफ्नो वडा भित्र नियमित सरसफाई गर्ने गराउने, फोहरमैला वर्सजनको प्रबन्ध गर्ने, नदी नाला सफा राख्ने एवं प्राकृतिक स्रोतको संरक्षण गर्ने । प्लाष्टिक मुक्त धुवाँ मुक्त, पूर्ण खोपयूक्त, पूर्ण साक्षर, खुला दिसामुक्त, वालमैत्री एवं वातावरणमैत्री वडा तुल्याउन अभियानको रुपमा कार्यक्रम संचालन गर्ने ।
आफ्नो वडा भित्र रहेका बिजार केन्द्रहरूको नियमित अनुगमन गरी आपूर्ति ब्यवस्थालाई सहज तुल्याउने ।

वडा स्तरमा जुनसुकै सिन्डिकेट, कार्टेलिङ कालोबजारी जस्ता कार्य हुननदिने ब्यवस्था गर्ने । गाउँपालिका वा नगरपालिकाको भू–उपयोग नीति वा गुरुयोजना वा कानूनले तोके प्रतिकुल जग्गा प्लटिङ, वा प्लानिङ गरेको पाइएमा तत्काल कारवाहीका लागि प्रमुख समक्ष पेश गर्ने । गाउँपालिका वा नगरपालिकाको अनुमति नलिई आफ्नो वडा भित्र भवन निमार्ण गरेको पाइएमा तत्काल कारवाहीको लागि प्रमुख समक्ष पेश गर्ने ।
आफ्नो वडा भित्र विपद् पूव तयारी तथा विपद्को अवधिमा गर्नुपर्ने सहजिकरण, समन्वय र सहयोग उपलब्ध गराउने । आफ्नो वडा भित्र हुने विकास निमार्ण, योजना प्रक्रिया, नीति निमार्ण, सामाजिक अभियान जस्ता कार्यमा वडा भित्रका क्रियाशील राजनीतिक दल, संघ संस्था, निजी क्षेत्र नागरिक समाज पेशागत संघ संस्था सँग सामन्जस्यता कायम गर्ने । वडा वासीहरूको गुनासो सुनवाई गर्ने र आफ्नो तहबाट हुने कारवाही गरी आफ्नो तहबाट हुन नसक्ने विषयहरू अध्यक्ष वा प्रमुख समक्ष पेश गर्ने । आफ्नो वडा भित्र सम्पादन भएका कार्यहरुको मासिक विवरण तयार गरी गाउँपालिका वा नगरपालिका समक्ष पेश गर्ने ।
प्रचलित कानूनको रित पुर्याई वडा अध्यक्षले देहायका कार्यहरु गर्ने छ ।
(१) नाता प्रमाणित गर्ने । (२) जन्म मिति प्रमाणित गर्ने गराउने । (३) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने । (४) अंग्रजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने । (५) घर पाताल प्रमाणित गर्ने । (६) ब्यक्तिगत विवरण प्रमाणित गर्ने । (७) जिवित संगको नाता प्रमाणित गर्ने । (८) हकवाला वा हकदार प्रमाणित गर्ने । (९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र ब्यक्तिगत संरक्षक सिफारिस गर्ने । (१०) कागज र मञ्जुरीनामा प्रमाणित गर्ने । (११) जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने । (१२) आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने । (१३) नागरिकता तथा नागरिकताको प्रतिलिपी लिन सिफारिस गर्ने । (१४) बहाल करको लेखाजोखा सिफारिस गर्ने । (१५) मोही लगत कट्टाको सिफारिस गर्ने । (१६) घर जग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने । (१७) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा ब्यापार ब्यवसाय हुदै नभएको सिफारिस गर्ने । (१८) मिलापत्रको कागज गराउने निवेदन दर्ता गरी सिफारिस गर्ने ।

(१९) निशुल्क वा सशुल्क स्वस्थ्य उपचारको सिफारिस गर्ने । (२०) पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने । (२१) फरक, फरक नाम, थर, जन्म, मिति तथा प्रमाणित दुबै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस गर्ने । (२२) नाम, थर वा जन्म मिति संशोधनको सिफारिस गर्ने । (२३) जग्गा धनिपुर्जा हराएको सिफारिस गर्ने । (२४) कित्ताकाट गर्न सिफारिस गर्ने । (२५) नामसारी गर्न सिफारिस गर्ने । (२६) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने । (२७) मृतकसँगको नाता प्रमाणित तथा सर्जमिनको सिफारिस गर्ने । (२८) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने । (२९) जिवित रहेको सिफारिस गर्ने । (३०) विद्यालय खोल्न सिफारिस गर्ने । (३१) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने ।

(३२) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने । (३३) पालन पोषणका लागि सिफारिस गर्ने । (३४) बैवाहिक अंङ्गिकृत नागरिकता सिफारिस गर्ने । (३५) धारा तथा बिजुली जडानका लागि सिफारिस गर्ने । (३६) कोठा खोल्न रोहवरमा बस्ने । (३७) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने । (३८) गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखले तोकेको अन्य काम गर्ने ।
गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको काम, कर्तव्य र अधिकार
प्रचलित कानुनमा उल्लेख भएको अतिरिक्त गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको काम, कर्तब्य र अधिकारमा, वडा समिनतको बैठकमा भाग लिने । तोकिए बमोजिम वा वडा अध्यक्षले तोकेको अन्य काम गर्ने ।
लेखक कानुन व्यवसायी (अधिवक्ता) हुन ।

                                                                                                                      email–  [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर