अर्जुनधारा।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा आगामी साउन महिनाभरि विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
धाममा रहेको मुख्य शिवालय मन्दिर स्थापनाको ५०औं वर्ष तथा श्रावणी पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको धाम व्यवस्थापन समितिका महासचिव विष्णुप्रसाद निरौलाले जानकारी दिए ।
महासचिव निरौलाको अनुसार व्यासाचार्य पण्डित किशोर गौतमद्वारा प्रत्येक सोमबार प्रवचन हुने, एक महिनासम्म विशेष रुद्राभिषेक, पूजा, सहश्र बेलपत्र अर्पण, हवन, श्रृंगार, आरती, भोगप्रसाद तथा यजमानद्वारा रुद्राभिषेकसहित दैनिक जलार्पण लगायतका कार्यक्रमहरु रहेको बताइएको छ ।
Views: 127

