Aamsanchar

झापाका एसपी थापा एसएसपीमा बढुवा

Author Image
आइतवार, साउन १, २०७४

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी उपरिक्षक (एसपी) शैलेश थापा क्षेत्री प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् । गहृ मन्त्रालयको बढुवा सचिवालय समितिको बैठकले असार ३१ गते एसपी क्षेत्रीसहित २५ जनालाई एसएसपीमा बढुवा गरेका हुन् ।

असार ३० गते प्रहरी प्रधान कार्यालयले समय सिमा पुगिसकेका एसपीको सूचीलाई एसएसपीमा बढुवाको लागि गृहमा सिफारिस गरेका थिए । प्रहरी प्रधान कार्यालयले एसपी क्षेत्रीलाई एक नम्बर तोकेर सिफारिस गरेको सूची पत्रमा उल्लेख छ । एसपी क्षेत्रीले ८७ दशमलव ४९ प्रतिशत ल्याएर एसएसपीमा बढुवा भएको बढुवा सूचीमा प्रकाशित गरिएको छ । घुस तथा उपहार नलिने एसपीको रुपमा प्रहरी संगठन भित्र परिचित क्षेत्री झापामा एक बर्षअघि काज सरुवामा आएका थिए । झापामा काजमा आए देखिनै आफ्नो काम, कर्तव्य र दायित्वलाई ख्याल गर्दै झापामा अपराधिक क्रियाकलापमा सम्लग्न व्यक्तिको विरुद्ध कठोर भएर उत्रिएका थिए । त्यसले उनलाई सफल पनि बनाएको एक प्रहरी अधिकृत भन्छन् । काजमा आएका उनलाई हटाउन केही समूहले गृह मन्त्रलायमा दवाव समेत दिएका थिए । तर, उनीहरुको योजना सफल भएन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा साविक दरबन्दी भएका एसपी थापालाई तत्कालीन प्रहरी महानिरीक्षकसहितल बसेकोको बैठकको निर्णयले २०७३ मंसिर देखि झापामा दरबन्दी तोकेको थियो ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर