Aamsanchar

डा. केसीद्धारा फेरि अनशनको घोषणा

Author Image
आइतवार, साउन १, २०७४

काठमाडौँ।

चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नुभएको छ ।

डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न सरकारलाई असार ३१ गतेसम्मको समयसीमा दिए पनि पूरा नभएको भन्दै साउन ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।

तत्काल माथेमा आयोगको प्रतिवेदनअनुरुप सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने, आइओएमलाई स्वायत्तता दिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग डा. केसीले राख्नुभएको छ ।

विगतमा झैँ यसपल्ट पनि नागरिकको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर