Aamsanchar

कनकाईले बगाउँदा बेपत्ता

Author Image
आइतवार, साउन १, २०७४

झापा ।

कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् ।

शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो ।

बेपत्ता फुयाँलको खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा टोली खटाएको उहाँले बताउनुभयो ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर