Aamsanchar

पुल निर्माण भएपछि आवागमन सहज

Author Image
सोमवार, साउन २, २०७४

बिर्तामोड।

बिर्तामोड नगरपालिका–१ बुद्धचौकदेखि पाथीभरा सिनेप्लाजा जोड्ने पुल निर्माण गरिएको छ ।
अन्धुवा खोलामा निर्माण गरिएको पुलको उद्घाटन सांसद मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाईं लगायतले गरे ।
सांसद विकास कोषको ३ लाख ५० हजार र अन्य रकम उपभोक्ताबाट जुटाएर पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिकी अध्यक्ष सीता रायमाझीले बताइन् । पुल निर्माण गर्न रायमाझीको अध्यक्षतामा नौ सदस्यीय पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।
समितिको उपाध्यक्ष कृष्ण ओझा, सचिव प्रेमकुमार खरेल, कोषाध्यक्ष राजेश साह रहेका छन् । त्यस्तै सदस्यहरुमा विशाल निरौला, मुना गौतम, गायत्रा बराल, राधिका दंगाल र धर्म भण्डारी रहेका छन् । उक्त क्षेत्रमा पुल नहुँदा त्यहाँका बासिन्दा लामो बाटो घुमेर बिर्तामोड आउनुपर्ने बाध्यता रहेको र पुल निर्माण भएपछि बिर्तामोड आउन जान सहज हुने बताइएको छ ।
पुल निर्माण समितिकी अध्यक्ष सीता रायमाझीको अध्यक्षता तथा सांसद मनकुमार गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा पुल निर्माण समितिका उपाध्यक्ष कृष्ण ओझाले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, जग्गादाता डिल्ली प्रसाईं, बिर्तामोड–१ का वडा अध्यक्ष अग्नी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पुल निर्माण समितिका सचिव प्रेमकुमार खरेलले गरेका थिए ।

Views: 146

प्रतिक्रिया (०)