भरत शिवाकोटी,

युएई,

वैदेशिक रोजगारिमा जाने अधिकाङ्श मानिसहरुको सपना धेरै ठूलो हुदैन । धेरैजनाको लक्ष्य आफ्नो परिवारसग र परिवारको निमित्त नै जोडिएको हुन्छ भन्दा अन्याय नहोला ।
तर रोजगारमा जाने ब्याक्तिको दु:ख र लक्ष्यले मात्र उसको अवस्थामा परिवर्तन ल्याउन सक्दैन । हो यस्तै भएको छ मोरङ उर्लाबारी -७,नमुना चौकका मिलन खडकाको जिवनमा अनि उनको परिवारमा । विगत ५ बर्षदेखि युएईमा कार्यरत रहेका मिलनले देखेको घरपरिवारको निमित्त सुखद जीवन र उज्जवल भविष्य त पूरा भएन नै उल्टो उनी नै चरम अप्ठ्यारोमा मात्र परेका छैनन हालसम्म खाइनखाइ गरेर कमाएको धन सम्पती समेत गुम्ने खतरा भएको छ ।

गत साउन १ गते अपरान्ह मिलनकी श्रीमति बर्ष ३१ कि अनु खडका घर बाट नै करिब १६ तोला सुन र केही नगद सहित बेपत्ता भएकी छ्न । १२ बर्ष र ९ बर्ष का छोरा सहित सम्युक्त परिवारमा बस्दै आएकी अनु एक्कासी बेपत्ता भएपछी मिलन र उनको परिवार बेचैन बनेको छ । परिवारामा कुनै झै-झगडा वा मनमुटाव बेगर एक्कासी अनु बेखबर बनेकोमा मिलन केही सोच्न नसकेको बताउछ्न ।
आफन्त तथा सम्भावित खोजी गर्ने स्थानमा खोजी गरिसक्दा पनि केही पत्ता लाग्न नसकेपछी मिलनको परिवारले प्रहरिमा जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । दुबईमा रहेका मिलनले कोहि कसैले अनु खडकालाई देख्नु भएमा वा उसको बारेमा सुचना पाउनु भएमा नजिकको प्रहरी कार्यलय वा फोन नम्बर ९८६२१५९९५७ मा खबर गरिदिनुहुन अनुरोध गरेका छ्न भने खडकाका आफन्त विमल कार्किले अनु खडकाको गैर जिम्मेवार र बदनियतपुर्ण कार्यबाट मिलन र उनको परिवार अन्यायमा परेको बताएका छ्न ।

