Aamsanchar

गर्मीेसँगै सर्पदंश बढ्यो

Author Image
बुधवार, साउन ४, २०७४

दमक।

गर्मी बढेसँगै झापामा सर्पदंशको घटना पनि बढ्न थालेको छ । गत बैशाखदेखि असार मसान्तसम्मको तथ्यांकका आधारमा सर्पदंशका बिरामी बढेको सर्पदंश उपचार केन्द्र दमकले जनाएको छ । सर्पदंश उपचार केन्द्र दमकका अनुसार बैशाखदेखि हालसम्म सर्पले टोकेका बिरामीको संख्या क्रमशः बढेको छ । बैशाखमा ७१, जेठमा ९१ र असारमा १ सय २६ जना सर्पले टोकेका बिरामी उपचार गर्न आएको सर्पदंश उपचार केन्द्र दमकले जनाएको छ ।
सर्पले टोकेका उपचार गराउन आउने बिरामीको संख्या विगतको वर्षभन्दा यो वर्ष कम रहेको छ । ०७२÷०७३ को आर्थिक वर्षमा १ हजार २ सय ६ जना बिरामी यहाँ उपचार गराउन आएका थिए भने ०७३÷०७४ मा १ हजार ७९ जना सर्पले टोकेका बिरामी आएको सर्पदंश उपचार केन्द्र दमकले जनाएको छ ।
८९ प्रकारका सर्प पाइने नेपालमा १७ प्रजातिका सर्पहरु बिषालु छन् । ती मध्ये नेपालकै पहिलो दमकको सर्प संग्रालयमा सात जातिका बिषालु र आठ प्रजातिका अविषालु सर्प राखिएको बताइएको छ ।
सर्पले टोकेको थाहा पाउने बित्तिकै प्राथमिक उपचार गर्न सके ठूलो क्षतिबाट समेत बच्न सकिने सर्पदंश उपचार केन्द्र दमकका प्राविधिक खेमचन्द्र अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर