Aamsanchar

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा हरि प्रसाईको उम्मेदवारी,चुनाव जित्ने उनका २६ एजेण्डा यस्ता छन्

Author Image
बिहिवार, साउन ५, २०७४

 

  • कमल(बिनोद) पाण्डे
    बिर्तामोड ।
    बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदमा युवा व्यवसायी हरि प्रसाईले उम्मेदवारी घोषणा गरेका छन् । आज बिहीबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी प्रसाईले उम्मेदवारी घोषणा गरेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि आगामी साउन २२ गते निर्वाचन हुँदैछ ।बिर्तामोड–५स्थायी बसोबास भई कानून विषयमा स्नातकसम्मको अध्ययन गरेका ४७ बर्षीय हरि प्रसाईं साढे तीन दशकदेखि बिर्तामोडमै उद्योग र व्यवसाय सञ्चालन गरेर सक्रिय छन् ।

एनके ट्रेडर्स र एचएमएन फुड एण्ड वेभवरेज इण्डस्ट्रीज (तृष्णा प्रशोधित पिउने पानी) का सञ्चालक रहेका प्रसाईं मेची डिलर्स एशोसिएसनमा तीन कार्यकालदेखि सदस्य छन् ।

बिर्तामोड उद्योग बाणिज्य संघको २०६४ सालदेखि सदस्य तथा विराट–भरत विश्रान्तिको सदस्य रहेका प्रसाईं सामाजिक, धार्मिक र व्यवसायिक क्षेत्रमा क्रियाशील छन् ।
उद्योगी व्यवसायी तथा संघको हितका लागि २६ बँुदे प्रतिवद्धतासमेत सार्वजनिक गरेका अध्यक्ष पदका उम्मेदवार प्रसाईंले अन्य पदमा जुझारु र काम गर्न सक्ने व्यवसायी समेटेर नयाँ टिम केही दिनमै सार्वजनिक गर्ने बताए ।

सवै व्यवसायीसंगको सुमधुर सम्वन्ध र व्यवसायीहरुकै भावना अनुसार आफू उठेकोले वाणिज्य संघको अध्यक्षमा आफ्नो जित हुने दाबी गरे ।

बिर्तामोडलाई राजनीतिक दल र सरोकारवालाहरुसँगको समन्वयमा बन्द हड्ताल मुक्त नगर बनाउने,जवरजस्ती चन्दा आतंक बन्द गर्ने, उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूति गराइनेछ लगायत उनका मुख्य एजेण्डा छन् ।
अहिले व्यापार कम भएको र घरभाडा बृद्धि भएको सन्दर्भमा घरभाडा र व्यवसायबीच सन्तुलन कायम गर्दै घर धनी र व्यवसायीवीचको आपसी सम्बन्ध पनि सुमधुर बनाउने,घरवहाल करलाई व्यवस्थित गर्दै व्यवसायीको हितमा निर्णय गरी कार्यान्वयन गर्ने,बिर्तामोडको प्रमुख समस्याको रुपमा रहेको सवारी पार्किङलाई सरोकारवालाहरुसँगको समन्वयमा व्यवस्थित गर्न पहल गर्ने पनि उनले बताए । बिर्तामोड र आपसपासको व्यवसाय चौपट भइरहेको तर भारतको पानीट्यांकी, नक्साल र शिलगढीमा नेपाली ग्राहकका कारण व्यापार बढिरहेको सन्दर्भलाई मनन गरेर बिर्तामोड क्षेत्रको व्यवसाय प्रबद्र्धनमा विशेष योजनासहित कार्य गर्ने प्रसाईको भनाई छ ।
फुटपाथमा व्यवसाय गर्ने, कृषिथोकमा व्यवसाय गर्ने तथा अन्य खुद्रा व्यवसायीको समस्यालाई समेत संघको साझा समस्याको रुपमा मनन गरी समाधान गर्ने, अतिथि सदनलाई स्तरीय बनाउने उद्योगी व्यवसायीबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउँदै व्यवसायिक एकता कायम गर्ने प्रसाईको एजेण्डा छ ।
सरोकावालासँगको सहकार्यमा सुरक्षाको उचित प्रबन्ध र सडक बत्तीको विस्तार गरी राति अवेरसम्म पनि सुरक्षित र सहज रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउने, फोहोर व्यवस्थापन, अन्धुवा खोला तथा बिर्तामोड नगर सरसफाई र व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा काम गर्ने,बिर्तामोडलाई औद्योगिक नगरको रुपमा विकास गर्न भएका उद्योग व्यवसायको प्रबद्र्धनका साथै नयाँ उद्योग र व्यवसायमा लगानीको उचित वातावरण तयार गर्ने र यसको लागि देशी तथा विदेशी निकायसँग सम्बन्ध र समन्वय स्थापित गर्ने प्रसाईले बताए ।
उद्योगी व्यवसायीका कानूनी र कर सम्बन्धी समस्याका समाधानका लागि सरोकारवालाबीच अन्तरक्रिया, कर सप्ताह, तालिम, सेमीनार सञ्चालन गर्ने, बिर्तामोडका उद्योगी व्यवसायीलाई बिर्तामोडमै सहज ढंगले सेवा प्रवाह गर्न स्थायी लेखा नम्बर (पान) नवीकरण, वितरण र नाप तौल सम्बन्धी सामग्रीको अध्यावधिको व्यवस्था मिलाउने,संघको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित गरी छितो, छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने, उद्योगी व्यवसायीको समस्या समाधान गर्न परामर्श सेवा एवम् हेल्प लाइन सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापार क्षेत्रमा बिर्तामोडलाई पूर्व क्षेत्रकै नमूना केन्द्रको रुपमा विकसित गर्ने पहल गर्ने,सबै उद्योगी व्यवसायीको छाता संस्था र आस्थाको केन्द्रको रुपमा संघलाई स्थापित गरी संघमा यस क्षेत्रका सबै उद्योगी व्यवसायीलाई आवद्ध गराउन विशेष कार्यक्रम सञ्चालन गरिने प्रसाईले बताए ।
व्यवसायीको आकस्मिक दुर्घटना एवम् अन्य कारणबाट हुने जनधनको क्षतिमा राहत उपलब्ध गराउन आपत्कालीन राहत कोष स्थापना गरिने, वीरता जेसीज, वीरता लेडी जेसीज, रेडक्रस सोसाइटी, लायन्स क्लब, रोटरी क्लब, रोटरी क्लब अफ मिडटाउन, रोटट्रयाक क्लबहरु, राउण्ड टेवल अफ बिर्तामोड, निर्माण व्यवसायी संघ, मारवाडी सेवा समिति, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी कन्या मञ्च, द रिभरसाइड युथ फाउण्डेशन, छठ सेवा समाज लगायत सामाजिक तथा धार्मिक, समुदाय विशेषका संघ–संस्थासँग समन्वय गरी सामाजिक क्षेत्रमा विविध गतिविधि सञ्चालन उनले योजना सुनाए ।
बिर्तामोड क्षेत्रका व्यवसायिक, पेशागत संघ–संस्थासँग समन्वय गरी भयरहीत व्यवसायिक वातावरणको विकास गर्ने, संघको कार्यालयमा व्यवस्थित सूचना डेस्कको स्थापना गर्ने, नेपाल सरकारका व्यवसायिक नीति नियमहरु, आयकर, मूल्य अभिबृद्धि कर, अन्त शुल्क सम्बन्धी नीति नियमहरु सबै तहका व्यवसायीहरुलाई सहज रुपमा जानकारी गराउन तथा समय–समयमा अन्तरक्रिया र भेलाको आयोजना गरी बिर्तामोड उद्योग बाणिज्य संघमा सामुहिक नेतृत्व प्रणालीको विकास गर्दै सबै उद्योगी व्यवसायीहरुको साझा एवम् संरक्षण संस्थाको रुपमा उभ्याउने पनि प्रसाईंले बताए । संघका हरेक गतिविधिलाई आम उद्योगी व्यवसायी समक्ष पु¥याउन नियमित बुलेटिन प्रकाशन र रेडियो कार्यक्रम सञ्चालन गर्ने, व्यवस्थित ढल निकास र सडक व्यवस्थित गर्न पहल गर्ने, आवश्यकता बमोजिम सार्वजनिक तथा घुम्ती शुलभ शौचालयको व्यवस्था मिलाउने प्रसाईंको प्रतिवद्धता छ ।

‘उद्योगी व्यवसायीको हितका साथै संघको कुशल नेतृत्व गर्न सक्ने क्षमता बोकेका हरि प्रसाईं प्रष्ट वक्ता, दुरदृष्टि राख्न सक्ने क्षमता भएका र उद्योगी व्यवसायीको हितमा अहोरात्र खट्न सक्ने जुझारु व्यक्तित्व हुनुहुन्छ’पत्रकार भेटघाटमा बिर्तामोडका व्यवसायी लोकु चापागाईंले भने–‘त्यसैकारण बिर्तामोड उद्योग बाणिज्य संघको माध्यमबाट आम उद्योगी व्यवसायीको हितमा समर्पित हुन सक्ने व्यक्तित्वको रुपमा अध्यक्ष पदका लागि हरि प्रसाईंलाई अघि सारेका छौं ।’

‘पछिल्ला बर्षहरुमा निर्वाचित संघको कार्य समितिले कुनै ठोस काम गर्न नसकेको अवस्था बर्तमानमा सबै उद्योगी व्यवसायीमाझ छर्लङ छ । उहाँहरुले उद्योगी व्यवसायीको हितका साथै उद्योग व्यवसायको प्रबद्र्धन तथा अन्य क्षेत्रमा बाणिज्य संघको नेतृत्वले परिवर्तनको अनुभूति दिने गरी ठोस काम गर्न सकोस् भन्ने अपेक्षा गर्नु भएको छ’–प्रसाईले भने–‘तर, त्यो पूरा हुन सकेको छैन । पूरानै शैली र पहिलेकै अनुहारहरुबाट यो काम सम्भव पनि छैन । तसर्थ, बिर्तामोडका आम उद्योगी व्यवसायीको भावना, युवाहरुको चाहना र यहाँको आवश्यकता बमोजिम बिर्तामोड उद्योग बाणिज्य संघको अबको नेतृत्वका लागि अध्यक्षमा मैले उम्मेदवारी प्रस्तुत गरेको छु ।’
अनारमनी, चारपाने र गरामनी गाविस बिर्तामोड नगरपालिका भएपछि झापा उद्योग बाणिज्य संघको शाखाबाट नगरस्तरीय बाणिज्य संघको रुपमा रुपान्तरण भई विधान दर्ता समेत गरेर बिर्तामोड उद्योग बाणिज्य संघको रुपमा पहिलोपटक यो निर्वाचन हुन लागेको हो । यद्यपि यस संघको स्थापना झापाको उद्योग बाणिज्य संघ शाखा बिर्तामोडको रुपमा २०३८ सालमा भएको हो । संघमा हाल २ हजार ७ सय बढी व्यवसायी सदस्य छन् ।

  • हरि प्रसाईंका २६ एजेण्डा एवं प्रतिवद्धता

१) बिर्तामोडलाई राजनीतिक दल र सरोकारवालाहरुसँगको समन्वयमा बन्द हड्ताल मुक्त नगर बनाइनेछ ।
२) जवरजस्ती चन्दा आतंक बन्द गरिनेछ । उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूति गराइनेछ ।
३) अहिले व्यापार कम भएको र घरभाडा बृद्धि भएको सन्दर्भमा घरभाडा र व्यवसायबीच सन्तुलन कायम गर्दै घर धनी र व्यवसायीवीचको आपसी सम्बन्ध पनि सुमधुर बनाइनेछ ।
४) घरवहाल करलाई व्यवस्थित गर्दै व्यवसायीको हितमा निर्णय गरी कार्यान्वयन गरिनेछ ।
५) बिर्तामोडको प्रमुख समस्याको रुपमा रहेको सवारी पार्किङलाई सरोकारवालाहरुसँगको समन्वयमा व्यवस्थित गर्न पहल गरिनेछ ।
६) बिर्तामोड र आपसपासको व्यवसाय चौपट भइरहेको तर भारतको पानीट्यांकी, नक्साल र शिलगढीमा नेपाली ग्राहकका कारण व्यापार बढिरहेको सन्दर्भलाई मनन गरेर बिर्तामोड क्षेत्रको व्यवसाय प्रबद्र्धनमा विशेष योजनासहित कार्य गरिनेछ ।
७) फुटपाथमा व्यवसाय गर्ने, कृषिथोकमा व्यवसाय गर्ने तथा अन्य खुद्रा व्यवसायीको समस्यालाई समेत संघको साझा समस्याको रुपमा मनन गरी समाधान गरिनेछ ।
८) अतिथि सदनलाई स्तरीय बनाइनेछ ।
९) उद्योगी व्यवसायीबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउँदै व्यवसायिक एकता कायम गरिनेछ ।
१०) सरोकावालासँगको सहकार्यमा सुरक्षाको उचित प्रबन्ध र सडक बत्तीको विस्तार गरी राति अवेरसम्म पनि सुरक्षित र सहज रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाइनेछ ।
११) फोहोर व्यवस्थापन, अन्धुवा खोला तथा बिर्तामोड नगर सरसफाई र व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा काम गरिनेछ ।
१२) बिर्तामोडलाई औद्योगिक नगरको रुपमा विकास गर्न भएका उद्योग व्यवसायको प्रबद्र्धनका साथै नयाँ उद्योग र व्यवसायमा लगानीको उचित वातावरण तयार गरिनेछ । यसको लागि देशी तथा विदेशी निकायसँग सम्बन्ध र समन्वय स्थापित गरिनेछ ।
१३) उद्योगी व्यवसायीका कानूनी र कर सम्बन्धी समस्याका समाधानका लागि सरोकारवालाबीच अन्तरक्रिया, कर सप्ताह, तालिम, सेमीनार सञ्चालन गरिनेछ ।
१४) बिर्तामोडका उद्योगी व्यवसायीलाई बिर्तामोडमै सहज ढंगले सेवा प्रवाह गर्न स्थायी लेखा नम्बर (पान) नवीकरण, वितरण र नाप तौल सम्बन्धी सामग्रीको अध्यावधिको व्यवस्था मिलाइनेछ ।
१५) संघको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित गरी छितो, छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिनेछ ।
१६) उद्योगी व्यवसायीको समस्या समाधान गर्न परामर्श सेवा एवम् हेल्प लाइन सञ्चालन गरिनेछ ।
१७) शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापार क्षेत्रमा बिर्तामोडलाई पूर्व क्षेत्रकै नमूना केन्द्रको रुपमा विकसित गर्ने पहल गरिनेछ ।
१८) सबै उद्योगी व्यवसायीको छाता संस्था र आस्थाको केन्द्रको रुपमा संघलाई स्थापित गरी संघमा यस क्षेत्रका सबै उद्योगी व्यवसायीलाई आवद्ध गराउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१९) व्यवसायीको आकस्मिक दुर्घटना एवम् अन्य कारणबाट हुने जनधनको क्षतिमा राहत उपलब्ध गराउन आपत्कालीन राहत कोष स्थापना गरिनेछ ।
२०) वीरता जेसीज, वीरता लेडी जेसीज, रेडक्रस सोसाइटी, लायन्स क्लब, रोटरी क्लब, रोटरी क्लब अफ मिडटाउन, रोटट्रयाक क्लबहरु, राउण्ड टेवल अफ बिर्तामोड, निर्माण व्यवसायी संघ, मारवाडी सेवा समिति, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी कन्या मञ्च, द रिभरसाइड युथ फाउण्डेशन, छठ सेवा समाज लगायत सामाजिक तथा धार्मिक, समुदाय विशेषका संघ–संस्थासँग समन्वय गरी सामाजिक क्षेत्रमा विविध गतिविधि सञ्चालन गरिनेछ ।
२१) बिर्तामोड क्षेत्रका व्यवसायिक, पेशागत संघ–संस्थासँग समन्वय गरी भयरहीत व्यवसायिक वातावरणको विकास गरिनेछ ।
२२) संघको कार्यालयमा व्यवस्थित सूचना डेस्कको स्थापना गरिनेछ ।
२३) नेपाल सरकारका व्यवसायिक नीति नियमहरु, आयकर, मूल्य अभिबृद्धि कर, अन्त शुल्क सम्बन्धी नीति नियमहरु सबै तहका व्यवसायीहरुलाई सहज रुपमा जानकारी गराउन तथा समय–समयमा अन्तरक्रिया र भेलाको आयोजना गरी बिर्तामोड उद्योग बाणिज्य संघमा सामुहिक नेतृत्व प्रणालीको विकास गर्दै सबै उद्योगी व्यवसायीहरुको साझा एवम् संरक्षण संस्थाको रुपमा उभ्याइनेछ ।
२४) संघका हरेक गतिविधिलाई आम उद्योगी व्यवसायी समक्ष पु¥याउन नियमित बुलेटिन प्रकाशन र रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।
२५) व्यवस्थित ढल निकास र सडक व्यवस्थित गर्न पहल गरिने छ ।
२६) आवश्यकता बमोजिम सार्वजनिक तथा घुम्ती शुलभ शौचालयको व्यवस्था मिलाइनेछ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर