Aamsanchar

ज्यानमारा सडकले दुर्घटना बढाउदैं /एक वर्षमा झापामा ८६ को मृत्यु

Author Image
शुक्रवार, साउन ६, २०७४

(नरेन्द्र ढकाल)

झापा ।
ट्राफिक प्रहरीले सक्रियता देखाएर दुर्घटना न्यूनीकरणमा लागेपनि ज्यानमारा सडक र चालकको हेलचेक्राँईले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै गएको छ ।

झापामा ट्राफिक प्रहरीले चाकलसंग एक मिनेट, चालकलाई सम्मान, राढारगनको प्रयोग गरेर गति नियन्त्रण, विभिन्न जनचेतना मुलक कार्यक्रमका साथै नागरिक सामजको तर्फबाट देशमा नै पहिलो पटक विश्वकर्मा पूजाको भोलीपल्ट अर्थात असोज २ गते दुर्घटना न्यूनीकरण महाअभियान पनि झापाबाट सुरु गरिएको थियो ।

सबैले दुर्घटनाबाट बच्ने र बचाउने बताए पनि सडकको दुघावस्थाका कारण धेरै सडकहरु ज्यानमारा सडकको रुपमा विकास हुदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनले भने–तीन वर्षको तथ्याङ्क हेर्ने हो भने मृत्युदर बढेर गएको छ तर त्यसको मुख्यकारण ज्यानमारा सडक र चालकको लापरबार्ही नै मुख्य हो ।

लमो समयदेखि सडकको स्तरोन्नती नगरिनु, जाताततै खाल्डाखुल्डी, वर्षेनी सवारी साधन थपिनु दुर्घटनाको मुख्यकारण भएको ट्राफिक प्रहरी निरीक्षक गिरीले बताए । ट्राफिक प्रहरीले सक्रियता देखाएका कारण दुर्घटनामा भने कमी आएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ६६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा ५१ पुरुष,१२ महिला र ३ जना बालबालिका रहेका थिए । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ७९ जनाले अकालमा नै ज्यान गुमाउनु परेको छ । उक्त दुर्घटनामा ५८ पुरुष, १३ महिला र ८ जना बालबालिका रहेका थिए ।
ग्त आर्थिक वर्ष २०७३÷७४ मा ८६ जनाले ज्यान गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त दुर्घटनामा ६२ जना पुरुष, १३ महिला र ४ जना बालबालिका रहेका छन् । बालबालिकाको मृत्युमा अभिभावकको हेलचेक्राँई देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

व्र्षेनी पुरुषको मृत्युदर बढ्नुको मुख्यकारण भनेको तिब्र रुपमा सवारी हाक्नु नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी याम खड्काले बताए । छिटो पुग्ने हतारोमा धेरै मोटरसाइकल चालकहरु ह्ुने गरेकाले पनि अत्याधिक मात्रामा मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनको भनाई छ । मोटरसाइकलमा मृत्युहुनेमा अधिकांश पुरुष भएकाले वर्षेनी पुरुषको मृत्युदर पनि बढ्दै गएको छ ।

भ्mापामा अधिकांश स्थानमा ट्राफिक प्रहरीको उपस्थिती रहेको र जनशक्तिको अभावले गर्दा पनि नियम मिच्नेलाई कारबार्हीको दायरामा ल्याउन नसकेपनि धेरै सुधार आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गिरीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ५० हजार २ वटा सवारीलाई कारबाहीै गर्दा एक करोड ८९ लाख ९२ हजार ८ सय रुपैंया राजश्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ४२ हजार २६० वटा सवारी कारबार्हीमा परेका थिए । उक्त सवारीलाई कारबार्ही गर्दा एक करोड ७६ लाख ८१ हजार ३ सय रुपैंया राजश्व संकलन गरेको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७३÷७४ मा ५२ हजार ६२७ वटा सवारीलाई कारबार्ही गरेको ट्राफिक प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

उक्त सवारीलाई कारबार्ही गर्दा ३ करोड १० लाख ६० हजार रुपैंया राजश्व संकलन गर्न ट्राफिक प्रहरी सफल भएको छ । सवारी दुर्घटना न्यूनीकारणका लागी खटेको ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै धेरै कारबार्हीको दायरामा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी याम खड्काको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०७३÷७४ मा मात्रै मापसे सेवन गरेर सवारी सञ्चालन गर्ने १४५० जनालाई कारबार्ही गर्दा १४ लाख ५० हजार रुपैंया राजश्व उठाएको छ । ११६६ मोटरसाइकल, ८३ टेम्पो, ६४ ट्याक्टर, १७ ट्रक र ११ बसका चालकले मापसे गरेर सवारी सञ्चालन गरेको पाइएपछि उनीहरुलाई कारबार्ही गरिएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ८४३ तथा आर्थिक वर्ष २०७१÷७२ मा ९०३ सवारी मापसे कारबार्हीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर