Aamsanchar

स्वास्थ्य उपचारमा फड्को मार्दै बीएण्डसी छिनिएको खुट्टा जोडिए

Author Image
शुक्रवार, साउन ६, २०७४

झापा,

पूर्वकै सबैभन्दा  ठूलो अस्पतालको रुपमा रहेको झापा बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा पहिलो पटक छिनिएको खुट्टा जोडिएको छ ।

गत असार १२ गते सुरुङ्गामा दुर्घटना हुँदा कनकाई–३ का गोविन्द विष्टको दाहिने खुट्टा चुँडिएको थियो । छालाले मात्र अडिएको अवस्थामा हस्पिटलमा ल्याइपु¥याइएको डा। निराजन पराजुलीले बताए । करिब एक महिनाको अथक प्रयासपछि खुट्टा जोड्न सफल भएको उनको भनाई छ ।

मोटरसाइकलमा सवार ५३ वर्षीय विष्टलाई असार १२ गते सुरुङ्गामा ठुलो सवारीले ठक्कर दिँएको थियो । बी एण्ड सी हस्पिटलमा प्रविधि र दक्ष जनशक्ति नभएको भए खुट्टा काट्नुको विकल्प नभएको चिकित्सकको भनाई छ । राजधानी बाहिर यो पहिलो उपचार भएको डाक्टरले बताएका छन् ।

काठमाण्डौंका टिचिङ हस्पिटल र कीर्तिपुर प्लास्टिक सर्जरीमा यस्तो उपचार हुँदै आएको र प्रविधि तथा जनशक्तिबाट उपचार भएको यो उपत्यका बाहिर पहिलो हस्पिटल बन्न सफल भएको डा. पराजुलीले जानकारी दिए । विष्टको छिनिएको खुट्टाको भागमा मासु लगाउने काम सकिएको र अब हड्डी जोडिने क्रममा रहेको उनको भनाई छ ।
६० प्रतिशत सफलता मिलेको बताएका डा। पराजुलीले अबको ६ महिनामा बिरामी आफैँ हिँड्नसक्ने अवस्थामा हुने बताए । शल्यक्रियामा संलग्न डा। राजु श्रेष्ठले १० पटक बेहोस पार्दै अपरेशन गर्नु आफैँमा चुनौती भएको बताए । बी एण्ड सीमा न्यूरो सर्जरी र घुँडाको पाङ्ग्रा फेर्ने शल्यक्रिया पनि सफल भइसकेको अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले बताए । उनले प्रविधि र जनशक्तिका कारण जटिल शल्यक्रिया गर्दै आएकाले अब भारत र नेपालकै विभिन्न ठाउँमा उपचारका लागि महँगो खर्च गर्नु नपर्ने दाबी गरे ।

पछिल्लो समय जटिल रोगहरुको विशेषक्ष चिकित्सकद्धारा सबै रोगको उपचार हुने थाहा पाएपछि अस्पतालमा विरामीको चाप बढ्दै गएको जनसम्र्पक अधिकारी प्रमिश गिरीले बताए । उनले भने–बी एण्ड सी हस्पिटलमा सर्वशुलभ रुपमा उपचार हुन्छ महंगो छ भनेर भ्रम फैल्याउने काम भएको छ त्यो गलत हो सर्वसाधारणले बुझदै जानुभएको छ । केही अस्पतालले आफुहरुकोमा विरामी तान्न स्वास्थ्य जस्तो कुरामा समेत भ्रम फैल्याएको कार्यकारी निर्देशक प्रसाईले बताए ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर