काठमाडौँ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सरकारको सहस्राब्दी विकास लक्ष्य सहयोग र चुनौतीसम्बन्धी निकायका (मिलेनियम च्यालेन्ज कोअपरेशन) सहायक उपाध्यक्ष फतिमा सुनारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

एमाले संसदीय दलमा भएको भेटवार्तामा उहाँहरुबीच ट्रान्समिसन लाइन निर्माण र ठुला सवारीसाधन चल्ने सडकको सुधारलगायत नेपालमा सो संस्थाले गर्ने सहयोगका विषयमा छलफल भएको थियो ।

त्यसअवसरमा मिलेनियम च्यालेन्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमाले सो कार्यक्रमको अहिलेको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।


Views: 155

