Aamsanchar

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

Author Image
शुक्रवार, साउन ६, २०७४

काठमाडौँ।

मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गर्नुभएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर