Aamsanchar

एकै परिवारका चार जनाले आत्महत्या गरे

Author Image
शुक्रवार, साउन ६, २०७४

बनेपा ।

काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन् । आफन्तका अनुसार छोरीको बिहेका विषयमा विवाद हुँदा सो घटना भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर