Aamsanchar

चारपानेलाई स्मार्ट सिटी बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

Author Image
आइतवार, साउन ८, २०७४

बिर्तामोड।

झापाको चारपानेमा आयोजित कार्यक्रममा बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले चारपानेलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चारपाने–अर्जुनधारा विकास समाज बिर्तामोड –२ चारपाने झापाले बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चारपाने– अर्जुनधारा विकास समाजका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष माधवप्रसाद सिटौलाले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधि तथा औचित्यमाथि सहसचिव उपेन्द्र पराजुलीले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डुण्डीराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर रानाले चारपाने–अर्जुनधारा विकास समाजले गरेका विकास निर्माणमा ऐक्यबद्धता जनाउँदै आफ्नो सदैव सहयोग रहने बताए ।
त्यस्तै बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले चारपानेलाई समृद्ध बनाउन आफू लागीपर्ने बताइन् । त्यस्तै अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला आचार्यले समाजले गर्ने हरेक गतिविधिलाई आफूले सहयोग गर्ने बताइन् ।
कार्यक्रममा बिर्तामोड वडा नं. १ का वडा अध्यक्ष अग्नी पाण्डे, बिर्तामोड– २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा– ५ का वडा अध्यक्ष ध्यानबहादुर भारती लगायतले समाजका विकास निर्माणमा आफूहरुको साथ र सहयोग रहने बताए ।
कार्यक्रमको सञ्चालन चारपाने–अर्जुनधारा विकास समाजका सचिव भरत भट्टराईले गरेका थिए । त्यसैगरी झापाको बिर्तामोडस्थित अतिथिसदन टोल विकास संस्थाले बिर्तामोड नगरपालिका वडा नं. १ बाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ ।
टोल विकास संस्थाकी उपाध्यक्ष माया प्रधान खड्गीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अग्नी पाण्डे, महिला सदस्य यमुना आचार्य, दलित महिला सदस्य कमला महरा, खुला वडा सदस्य टीकाप्रसाद संग्रौला, प्रेमकुमार खरेललाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, कमला बास्कोटा, कुलप्रसाद खरेल लगायतले शुभकमना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अतिथि सदन टोल विकास संस्थाका सचिव रघुनाथ सापकोटाले गरेका थिए ।
यसैबीच विर्तामोड नगरपालिका–४ ले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कबिता थापा लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा मेची क्याम्पसका पुर्व प्रमुख उमानाथ ओली, सुरेश वंसल लगायतले बोलेका थिए । युवराज दहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वस्तिका आर्चायले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर