भद्रपुर।
गत बैशाखमा राप्रपा परित्याग गरेका भद्रपुर– ८ निवासी विश्वनाथ श्रेष्ठ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा प्रवेश गरेका छन् ।
डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष भएका एकीकृत राप्रपामा श्रेष्ठ यही साउन १ गते प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै श्रेष्ठलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ । पार्टीलाई झापामा व्यापक रुपले विस्तार र प्रभावकारी बनाउने जिम्मेवारी समेत दिएको श्रेष्ठले बताए ।
उद्योगी समेत रहेका श्रेष्ठ २०४८ सालदेखि राप्रपाका सक्रिय कार्यकर्ता थिए । उनी दुईपटक जिल्ला सदस्य भइसकेका थिए । तर, स्थानीय तह चुनाव अघि उनले कमल थापा अध्यक्ष रहेको राप्रपा परित्याग गरेर बसेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150