इलाम ,
इलामको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।
शनिबार साँझ साढे ७ बजेतिर राईलाई घरनजिकैको जुठेटार खेतमा पानी लगाउन ढुंगा उचाल्दै गर्दा सर्पले डसेको थियो । हातको औंलामा सर्पले डसेर घाइते भएका राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल ल्याइएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको चारआली लगिएको थियो ।
अस्पतालमा उपचाररत राईको मृत्यु भएको त्यही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टीका अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 77