नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहयोग गर्ने प्रेस चौतारी नेपाल जिल्ला शाखाले निर्णय गरेको छ ।
चौतारीको साउन ६ गते बसेको बैठकले पत्रकारको उपचारमा सहायता गर्ने उद्देश्यले स्थापना गरेको कोषलाई संगठनको तर्फबाट सकारात्मक सहयोग गर्ने निर्णय भएको प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मुक्ति पौडेलले बताए ।
प्रेस चौतारी झापाले विज्ञप्ति जारी गर्दै साउन महिनाभित्र प्रेस चौतारी झापामा आवद्ध सम्पूर्ण सदस्यलाई उपचार कोषको सदस्य बनिसक्न समेत अपिल गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 70